मिस्टर एण्ड मिस बिश्वकर्मा इन्टरकन्टिनेन्टल गण्डकी २०२३ का प्रतियोगीद्वारा सरसफाइ
404 Views
पोखरा । बि ब्रोज इन्टेरटेन्टमेन्टको आयोजनामा विश्वकर्मा समुदायको युवा युवतीहरुको प्रतिभा प्रस्फुटन संगै सामाजिक सेवामा अभिप्रेरित गराउनका लागी गरिएको मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टीनेन्टल गण्डकी २०२३ का प्रतियोगीहरुले शनिबार न्युरोड सरसफाइ गरेका छन् ।
असोजको ५ देखी १९ गते सम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरी असोज २० गते पोखरामा उक्त प्रतियोगिताको ग्राण्ड फिनाले हुदैछ ।
इभेन्ट इन्चार्ज बुद्धि वि.क. (लामगादे) ले मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टीनेन्टल गण्डकी २०२३ गण्डकी प्रदेशमा बसोवास गर्ने विश्वकर्मा समुदायका युवा र युवतीहरुलाई लक्षित गरी आयोजना गरिएको सौन्दर्य प्रतियोगिता भएको बताए ।
प्रतियोगितामा विश्वकर्मा समुदायका १६ देखी २९ वर्ष उमेरका अविवाहित दुवा युवतिहरुले भाग लिन सक्नेछन भने विश्वकर्मा समुदायको उत्थानका लागि युवायुवतिहरुलाई विभिन्न सामाजिक क्रियाकलापमा सहभागी गराइ उनीहरुको आत्मविश्वास बढाउन समेत प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको बिश्वास छ ।
प्रतियोगिता सम्पन्न गर्नका लागि ९ लाख ५० हजार लाग्ने छ । प्रतियोगिताको विजेताले नगद ५० हजार सगै काठमाण्डौमा हुने तेसो संस्करणको मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टीनेन्टल सिजन थ्रीमा सहभागी हुन पाउने छन ।
प्रतियोगिताबाट हुने बचत मध्ये केही प्रतिशत मानव सेवा आश्रमलाई सहयोग गर्ने साथै विश्वकर्मा समुदायको राष्ट्रिय विश्वकर्मा संग्रहालय निर्माणका लागि टिकट विक्रीको रकमबाट सहयोग गरिनेछ ।
प्रतिक्रिया दिनुहोस