निलगिरिको रक्तदानमा ४७ युनिट संकलन
169 Views

पोखरा । पोखरा १७ बिरौटामा रहेको निलगिरी बचत तथा ऋण सहकारी संस्थाले रजत जयन्तीको अबसरमा रक्तदान कार्यक्रम गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष ज्ञानेन्द्रराज पौडेलले ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसंचार सेवा पोखराको प्राबिधिक सहयोगमा शनिबार भएको कार्यक्रममा ४७ युनिट रगत संकलन भएको छ ।
संस्थाका अध्यक्ष लेखनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष गंगाधर पौडेल रसंचालन सचीव तिर्थराज आचार्यले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस