मुगुको सदरमुकाम गमगढी बजारमा आगलागीबाट ८ घर ध्वस्त
295 Views
मुगु, ६ असोज । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा गए राति भीषण आगलागी भएको छ ।
राति करिब १२ बजेबाट सुरु भएको आगलागीका कारण ८ घर पूर्ण रूपले जलेका जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन् ।
उक्त स्थानमा जलेका घरहरुमा कम्प्युटर पसल, मोबाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिन्डर गरी ९ वटा पसल सञ्चालनमा थिए । तार्के लामा, सोनाम लामा, जङ ऐडी, सान्तोना खत्री, पन्च सेजुवाल, पिआर मल्ल, प्रदीप रावल र पुतली शाहीको घर पूर्ण रूपमा जलेको जनाएको छ ।
त्यसै गरी उक्त घरमा सञ्चालित महम्म्त साकिर कवडिया, साजन सल्मानी, शेरबहादुर मल्ल, रुपदेवी बुढा, उद्दिम भाम, पिआर मल्ल, लक्ष्मी मल्ल, नरेश शाही र पूर्णा लक्ष्मी मल्लको पसलमा पनि पूर्ण क्षति पुगेको छ ।





प्रतिक्रिया दिनुहोस