सुन तस्करी प्रकरणमा संलग्नता भए झुण्डिन तयार हुने चुनौती(तिर्थ लामा)
306 Views
काठमाडौँ, २ असोज । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिञ्चाईँ मन्त्री तीर्थ लामाले सुन तस्करी प्रकरणमा संलग्नता पु्ष्टि भएमा खुल्लामञ्चमा झुण्डिन तयार रहेने बताएका छन् ।
हिजो (सोमबार) एक टेलिभिजनमा संवाद गर्दै उनले सुन तस्करीमा संलग्नता भएको प्रमाणित गराएर देखाउन चुनौति दिएका छन् ।
‘यो सुन तस्करी प्रकरणमा तीर्थ लामा जोडिएको प्रमाणित गर्न सक्नुहुन्छ भने खुल्ला मञ्चमा गएर आम जनताको माझ झुण्डिन तयार छु,’– उनले भनेका छन् ।
आफू २०४६ सालदेखि निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेको बताउँदै उनले काभ्रेका पत्रकार मोतिराम तिमल्सिनाले राजनीतिक भविष्य सिध्याउने उद्देश्यले सुन तस्करीमा नाम जोडेर गलत प्रचार गरेको आरोप समेत लगाए थिए ।
आफू पारदर्शिता, भ्रष्टाचारको अन्त्य र सुशासनको पक्षमा निरन्तर लागिरहेको पनि उनले बताएका छन् । मलद्वारमा लुकाएर एक किलो तस्करी गर्ने बाबुलाल दोङलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाहिर पक्राउ गरेको थियो । उक्त सुन तस्करीमा कांग्रेस काभ्रेका सभापति समेत रहेका लामाको पनि कनेक्सन रहेको समाचारहरु यतिबेला बाहिरिएका छन् ।
प्रतिक्रिया दिनुहोस