नानी-सुक स्मृति प्रतिष्ठानको १९ औँ वार्षिक महोत्सव तथा पुरस्कार सम्मान समारोह सम्पन्न
544 Views
कास्की, १ असोज । नेपाल पर्यटन बोर्ड पोखराको सभाहलमा नानी सुक स्मृति प्रतिष्ठान कास्कीको १९ औँ वार्षिक महोत्सव तथा पुरस्कार सम्मान समारोह कार्यक्रम सम्पन्न भएको छ ।
नानी सुक स्मृति प्रतिष्ठानको सभाध्यक्ष तारानाथ गौतम पाखे रहेका छन्। उक्त कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका प्रमुख सम्मानीय प्रिथिवी मान गुरुङ रहेका थिए ।
स्व.नानी माया हिराचन र स्व.सुक बहादुर हिराचनका छोरा विरेन्द्र हिराचन द्वारा आफ्नो बुवा आमाको बैकुण्ठमा बास होस् भनि कामना गर्दै स्मृति भजन प्रस्तुत गरेका हुन् ।
उक्त कार्यक्रममा म्याक्दी जिल्ला बेनी बजार ७ का समाजसेवी, शिक्षासेवी ८१ वर्षीय नैन कुमार श्रेष्ठलाई सम्मान गरिएको हो ।
स्व. सुक बहादुर हिराचन घोडा व्यवसाय थिए । उहाँले नेपाल अधिराज्य भरि विभिन्न जिल्लाहरुमा घोडा बेचबिखन गर्थे ।
यस कार्यक्रममा प्रमुख अतिथिले मन्तव्य राख्दै थकाली खानाको स्वाद बारे निकै प्रशंसा गरेका थिए । थकाली खानाको परिकारले मानिसहरु लोभ्याउने गरेको पाईन्छ । काठमाडौँ जादा समेत थकाली भान्सा घर खोज्ने गरेको उहाँले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस