सामाजिक अभियान्ता एवम् पत्रकार निराज रानाभाटले मरणोपरान्त अंगदान र आँखा दान गर्ने
283 Views
काठमाडौं : सामाजिक अभियान्ता तथा पत्रकार निराज रानाभाटले मरणोपरान्त अंगदान गर्ने भएका छन । वि.सं. २०७६ साल फागुन ०७ गते , भक्तपुर जिल्लाको शहीद भक्तधर्म राष्ट्रिय मानवअंग प्रत्यारोपण केन्द्र पुगेर उनले मृत्युपछि अंग प्रत्यारोपण गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका थिए ।
अंगदान गर्ने मञ्जुरीनामा पत्रमा उल्लेख भएअनुसार निधनपछि मिर्गौला / मुटु / फोक्सो / कलेजो / प्याङ्क्रियाज / सानो आन्द्रा दान गरिने छ ।
हस्ताक्षर गरेको मञ्जुरीनामामा लेखिएको छ – ‘ मेरो मृत्यु पश्चात मेरो शरीरबाट मृगौला / मुटु / फोक्से / कलेजो / प्याङक्रियाज / सानो आन्द्रा आदि अंश झिकी मृगौला / मुटु / फोक्सो / कलेजो / प्याङ्क्रियाज, सानो आन्द्रा आवश्यक भएको जुनसुकै बिरामी व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न मेरो मञ्जुरी भएकाले मानव शरीरको अंग प्रत्यारोपण ( नियमित तथा निषेध ) ऐन २०५५ को दफा १६ को उपदफा ( १ ) को खण्ड ( ख ) बमोजिम जानी बुझी स्वेच्छाले यो मञ्जुरीनामा लेखी दिएको छु । ’
त्यसैगरी , रानाभाटले मरणोपरान्त अाँखा दान पनि गर्ने भएका छन । वि.सं. २०७६ साल फागुन ०१ गते , राजधानी काठमाडौंको तिलगंगा अाँखा प्रतिष्ठान पुगेर निराजले आँखा दान गर्ने घोषणा गरेका थिए ।
हस्ताक्षर गरेको इच्छा पत्रमा लेखिएको छ – ‘ आफ्नो मृत शरीरकाे अाँखा मात्रै कसैको लागि उपयोगी हुन सक्ने भएको र अाँखा दान जस्तो सार्थक दान अरु केही हुन नसक्ने भएबाट मेरो मरणोपरान्त मेरो अाँखा दृष्टिविहीन कसैले पनि प्रत्यारोपण गर्न पाउने गरि नेपाल अाँखा कार्यक्रम , नेपाल अाँखा बैंक , तिलगंगा अाँखा प्रतिष्ठान गौशाला , काठमाडौंलाई सहर्ष दान गर्दछु । यस इच्छापत्रमा मेरो परिवारको वा हकवाला समेतको पूर्व सहमति मेरो इच्छा विरुद्ध कुनै पनि आपसी ग्राह्हिय हुन सक्ने छैन ।
अत: मेरो अाँखा मेरो प्रत्यारोपण यस बैंक , तिलगंगा अाँखा प्रतिष्ठान लगायत कुनै पनि डाक्टर वा अन्य आधिकारिक व्यक्तिबाट झिक्न तथा इच्छुक र आवश्यक व्यक्ति विशेषलाई यस नेपाल अाँखा बैंक मार्फत प्रत्यारोपण गर्न पाउने गरि अधिकार प्रदान गर्दछु । ’
निराज रानाभाट पछिल्लो समय सामाजिक कार्य साथै विभिन्न अनलाइन मिडियामा सक्रिय छन ।
प्रतिक्रिया दिनुहोस