हरितालिका तीज पर्वमा अत्याधिक बिकृति फैलिदै
372 Views
कास्की, २९ भदौ । हिन्दु नारिहरुको महान चार्ड हरितालिका तीज पर्वमा अत्याधिक बिकृति नेपाल अधिराज्य भरि भित्रिएको छ ।
हरेक वर्षको भदौ महिनामा पर्ने हरितालिका तीज यस वर्ष भने असोज १ गते परेको छ । असोज १ गते तिज पर्व रहेता पनि साउन महिनाको अन्तिम हप्ता र भदौ महिनाको पहिलो हप्ताबाट तिज पर्वको अवसर पारेर विभिन्न कार्यक्रमहरु गराउदै आएका छन् ।
यसै पर्वको अवसर पारेर धेरै जसो महिला दिदीबहिनीहरुको विभिन्न संघसंस्थाहरुले तिज विशेष कार्यक्रम गराउंदै आएका छन् । यस कार्यक्रममा उपस्थित दिदीबहिनीहरुले एकै रंगका सारी ब्लाउज गरि सजिएका ग्रुपलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको पाईन्छ । यस्ता कार्यक्रमले समाजमा के-कस्तो संदेश दिन खोजेको हो भन्ने कुरा खुलाउन सकेको भने छैन ।
हरेक वर्षको तीजमा यसैगरी तडक भडक रुपमानै तिज पर्व मनाउने गरेको पाईन्छ ।
गत वर्ष नेपाली चलचित्र क्षेत्रका नायिका एलिजा गौतमको घोप्टे डान्सले निकै बजार तातिएको थियो । यसपालीको तीजमा झनै धेरै विकृति भित्रिएको पाईन्छ । कत्तिपय महिलाहरु हातमा बियरको बोतल लिएर उत्ताउलो पाराले नाचिरहेको भिडियोहरु सामाजिक संजालमा सर्वत्र छरिएको देखिन्छ । प्रायजसो भिडियोमा महिलाहरु भुईमा सुतेर नाचेको पाइन्छ जुन नृत्यलाई (डक्की डान्स) भनेर नामकरण गरिएको छ ।
यत्तिबेला सामाजिक संजालमा भाईरलको नाममा तिज पर्व जस्तो पवित्र पर्वलाई धुमिलो पार्दै गएको छ । विशेष गरि तिज पर्वमा अघिल्लो दिनमा बाउमाइति, आमा, दिदीबहिनीहरुसंगै बसी वर्ष भरिका दु;खसुखका कुराहरु एक आपासमा सुनाउने मिठो परिकार पकाएर परिवारहरु संगै बसेर खाने चलन थियो। तिजको भोलि पल्ट श्रीमानको आयु लामो होस् भनि शिवजी को ब्रत बसि दिनभरी तीजका गित गाउँदै मादलको तालमा छमछम आगनीमा नाच्ने गर्थ्यो त्यो नाच हेर्नलाई वारी, पारि, तल्लो, उपल्लो गाउँका सबै मानिसहरु भेला हुने गर्थ्यो तर अहिलेका तिज पर्व तिज आउनु एक महिना अगाडी देखिनै पार्टी प्यालेसमा बियर, हुईस्कि,वाईन पिउंदै छाडा पाराले नाचेको देखेर नयाँ पुस्ताले पनि त्यसैको सिको गरि तिज पर्वलाई विकृति तर्फ धकेल्दै छ । यस्ता हर्कतले गर्दा तिज पर्व बन्देज हुन सक्ने सम्भावना देखिएको छ ।
तीजको पार्टी खाने भन्दै नभएको पैसा जोड्दाम गरि ऋण लिएर सारी ब्लाउज किनेर तडकभडक देखाउदै हातमा बियरको बोत्तल हल्लाउदै पिउँदै नाचेको भिडियोले एतिबेला सामाजिक संजाल धमिलिएको छ । यस्ता हर्कतले सामाजिक संजाल मात्रै होइन समाज पनि धमिलिएको छ ।
तिज पर्व कसरी र किन मनाउने भन्ने विषयमा पुरा जानकारी नहुँदा पनि यस्ता विकृति फैलिएको अनुमान गर्न सकिन्छ ।
तीज कार्यक्रममा अत्यधिक तडकभडक भएको भन्दै यसपालीबाट कुनै पनि पार्टी प्यालेसमा तीज मनाउन नपाउने र तडकभडक गर्न नपाउने भन्दै कास्की जिल्ला प्रशासन कार्यलयले विज्ञप्ति जारि गरिएको थियो । जिल्ला प्रशासनको विज्ञप्ति को पालना गरेको भने कहिकतै देखिएको छैन ।
प्रतिक्रिया दिनुहोस