जीवन ज्योति सेवा केन्द्रको केन्द्रीय अध्यक्षमा सृजना रिजाल
515 Views
पोखरा । मानवीय सेवामा सदा समर्पित जीवन ज्योति सेवा केन्द्रको केन्द्रीय अध्यक्षमा सृजनादेवि रिजाल कार्की सर्वसम्मत चयन भएकी छिन। संस्थाको सोमबार सम्पन्न प्रथम साधारण सभाले कार्कीलाई अध्यक्षमा चयन गरेको हो।
कार्यक्रमको उद्घाटन गर्दै संस्थाका सल्लाहकार संयोजक तथा प्रमुख अतिथि सागर कार्कीले आफ्नो पदीय जिम्मेवारी सहित संस्थाको उद्देश्य अनुरूप अगि बढ्न सबैलाई सुझाब दिए। जानेर कोही पनि नआउने र सबैले आफ्नो अनुभव र अध्ययनले सिक्ने हुँदा नजानेको कुरा सिक्न पछि पर्न नहुने बताए। व्यक्तिगत हित भन्दा संस्थागत हित शिरोपर हुने हुँदा एक आपसमा मिलेर अगि बढ्न सबैलाई आग्रह समेत गरेका छन्। महिलालाई सिप सिकाई आत्मनिर्भर बनाउनु र जिविको पार्जनका लागि सक्षम बनाउनु आजको चुनौति रहेकोले त्यसतर्फ विशेष ध्यान दिन समितिको ध्यानाकर्षण गराएका छन्।
नवगठित संस्थाको उपाध्यक्षमा ईन्द्रा कुमारी फगामी पुन, कोषाध्यक्षमा कल्पना गुरूङ र सचिवमा तिलुमाया थापा खवास रहेका छन्। त्यस्तै सहकोषाध्यक्षमा ठिमाया पुन, सहसचिवमा लक्ष्मी तामाङ सदस्यहरूमा ज्ञानबहादुर थापा र चन्द्रा विक रहेका छन्। एक सदस्य कार्यसमितिको बैठकले मनोनित गर्ने जनाईएको छ।
सभाले लेखापरिक्षकको प्रतिवेदन, सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ। नवगठित कार्यसमितिलाई सोमबारै पद तथा गोपनियताको शपथ ग्रहण गराईएको छ। कार्यसमितिको सोमबार बसेको बैठकले सागर कार्कीको संयोजकत्वमा २ सदस्य सल्लाहकार समिति समेत गठन गरेको छ। समितिको सदस्यहरूमा हेमबहादुर तामाङ र बेलबहादुर फगामी पुन रहेका छन्। संस्थाको अगामी कार्यकाल ४ वर्षको रहनेछ।





प्रतिक्रिया दिनुहोस