पोखरामा समाजवादी मोर्चा,नेपालको सन्देश सभा कार्यक्रम सम्पन्न
264 Views
कस्सकी,१५ भदौ । पोखरामा समाजवादी मोर्चा, नेपालको सन्देश सभा कार्यक्रम गण्डकी प्रदेशको आयोजनामा सम्पन्न भएको छ ।
भदौ १५ गते शुक्रबारका दिन पोखरा सभागृहहलमा कार्यक्रमका सभाअध्यक्ष गायत्रि गुरुङ रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड) रहेको थियो ।
सोहि कार्यक्रमको बिशिष्ट अतिथिको रुपमा समाजवादी मोर्चाका अहिलेका अध्यक्ष मादव कुमार नेपाल रहेका थिए ।त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विव्लप सि, जनता पार्टी कर्यकारिका सदस्य शिव लाल थापा रहेका थिए ।
समाजवादी मोर्चा गण्डकी प्रदेश को आयोजन तथा ने.क.पा. माओवादी केन्द्रको व्यवस्थापनमा पोखरा सभागृह हलमा प्रधान मन्त्रि पुष्पकमल दाहाल प्रचण्डको प्रमुख अतिथ्य तथा नेत्र बिक्रम चंद बिप्लवको विशेष अतिथी र राजिब गुरुङ लागायत अन्य पार्टिका शिर्ष नेताहरुको विषेश उपस्तिथि रहेको थियो ।
विभिन्न पार्टिका कार्यकर्ताहरुको भेला रहेको उक्त कार्यक्रममा प्रधान मन्त्रि पुष्पकमल दाहाल द्वारा रुद्रकक्षको बिरुवामा पानी हालेर उद्घाटन गर्नु भएको थियो । त्यस्तै पार्टिको महत्वमा जनताको साथ अती आवश्यक रहेको बताउदै देश र जनताको लागि माओवादी केन्द्र हरपल अघि लागिरहेको जनाउदै आगमी दिनहरुमा पनि यसरीनै अघि बड्ने प्रतिबद्धता दिनुभयो । “त्यसैगरी प्रधानमन्त्री प्रचण्डले विभिन्न देशहरुमा पुगेर नेपालको अर्थतन्त्रको निम्ति विशेष कुराहरु न त जनतालाई सुनाउननै दियो न त सुन्ननै चाहे राम्रो कुराहरु दबाएर मुर्रा भैसी संग जोडेर मलाई नराम्रो गर्न खोजियो जुन मुर्रा भैंसी २०७२ सालमा ल्याउने कुरा रहेछ तर ल्याउन नसकेकोले अहिले मेरो सम्बन्ध राम्रो भएकोले गर्दा मुर्रा भैंसी ल्याउन सफल भयो जुन कुरा कृषकको लागि राम्रो थियो”प्रधानमन्त्री दाहालले बताउनुभयो ।
त्यस्तै नेत्र बिक्रम चंद बिप्लवले कार्यक्रमलाई सम्बोधन गर्दै आँफु पार्टीमा नजाने तर बाहिर रहेर सक्दो सपोर्ट गर्ने बताउनुभयो । विपक्षका दलहरुले आफुलाई संसादमा जानका लागि सडेन्त्र गरेको भन्ने भ्रम फैलाएको र त्यस्ता भ्रममा नपर्न पनि आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस