माछापुच्छ्रे गाउंपालिकामा जिप दुर्घटना
309 Views
कास्की, ११ भदौ। माछापुच्छ्रे गांपालिका वडा नं ८ स्थित ईदिखोला पोखरा चल्ने बोलेरो जिप दुर्घटना भएको छ ।
ग ३ च ५८३८ नम्बरको बोलेरो जिप चालक सहित ९ जना सवार बोलेरो जीप मनिलाल मार्गस्थीत मर्दिपुल नजिक १५ मिटर सडक तल खस्दा घाईते मध्ये दुई जनालाई मनिपाल अस्पतालमा उपचारमा पठाईएको र बाँकी घाईतेको अवस्था सामान्य रहेको घटनास्थल प्रहरीले जनाकारी गराएको छ ।
बोलेरो जिप चालक गिरधारि गौतम सहित अन्य ९ जना हरिमाया भण्डारी,बिष्णु भण्डारी ,गिता भण्डारी ,बिनिता भण्डारी,सीता भण्डारी,लक्ष्मि भण्डारी र नानि भण्डारी अहिले उपचारपछि घर फर्केका छन् भने गगां अधिकारी र हिमालि गौतम को भने पश्चिमाञ्चल अस्पतालमा उपचार भईरहेको छ उनिहरुको अवस्था सन्तोषजनक रहेको छ । उनिहरु सबै माछापुच्छ्रे वडा नं ७ का हुन,गाडि अनियन्त्रित भएर सडक भन्दा १५ मिटर तल उत्तिसको रुखमा अल्झेको थियो ।
प्रतिक्रिया दिनुहोस