नागरिक उन्मुक्ति पार्टीको मकवानपुर जिल्ला भेला सम्पन्न
349 Views
मकवानपुर, ५ भदौ। नागरिक उन्मुक्ति पार्टीको मकवानपुर जिल्ला भेला भव्य रुपमा सम्पन्न भएको छ्।
नागरिक उन्मुक्ति पार्टीको केन्द्रिय संरक्षक एवम् लोकप्रिय युवा नेता रेशम चौधरीको प्रमुख अतिथिमा भएको उक्त कार्यक्रममा नागरिक उन्मुक्ति पार्टी केन्द्रिय उपाध्यक्ष आईतराम तामाङ विशिष्ट अतिथि रहेको थियो।
नागरिक उन्मुक्ति पार्टी मकवानपुरको अध्यक्ष बिकास लामा वाईबाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय उपाध्यक्ष आईतराम तामाङ र जङ्गजित तामाङ्को विशेष पहलमा शुन्दर बज्यु,रबिन्द्र लामा र राम बहादुर तामाङ्को नेतृत्वमा मकवानपुर जिल्लाका विभिन्न पालिकाबाट नेपाली काङ्ग्रेस, माओबादी, राप्रपा नेपाल गरी १४८ जना नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् ।
उक्त कार्यक्रमको प्रमुख अतिथि रेशम चौधरीले अब पहिचाहनवादी एक हुनुको बिकल्प नरहेको र राज्यको उच्च शक्तिमा अब जनजाति पहिचाहनवादी पुग्नु पर्ने कुरामा जोड्दिनु पर्ने धारण राखिएका थिए।
त्यसै गरी केन्द्रिय उपाध्यक्ष आईतराम तामाङ्ले मकवानपुर जिल्लामा सानो
बिरुवा रोपेको थियो भने उक्त बिरुवा मकवानपुर बासिबाट हेरचाहा गर्नु पर्ने र हुर्काउनु पर्ने कुरामा जोड दिएका हुन् ।अबको दिनमा राज्य शक्तिमा पुग्न अब पहिचाहनवादी एक नभए कहिले पनि पुग्न नसकिने धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस