माकवानपुर जिल्लामा नागरिक उन्मुक्ति पार्टीको जिल्ला समिती गठन
916 Views
मकवानपुर,२ भदौ । मकवानपुर जिल्ला हेटौडा वडा नं १० दर्शन पार्टी प्यालेसमा आज नागरिक उन्मुक्ति पार्टीको जिल्ला कमिटि गठन भएको छ ।
हेटौडामा आज नागरिक उन्मुक्ति पार्टीमा बिकाश तामाङ् वाईबा को संयोजकमा २१ जना सदस्य रहनेगरी जिल्ला कमिटी गठन गरियो । केन्द्रिय उपाध्यक्ष आइता राम तामाङ् को नेतृत्त्वमा बिकाश तामाङ अध्यक्ष रहेर उक्त कमिटीको जिल्ला गठन गरिएको हो ।
संघियता सुशासन पहिचान का निम्ति नागरिक उन्मुक्ति पार्टीले देशमा भएका विभिन्न कमीकमजोरीहरुलाई सुधार गर्नकै लागि उक्त पार्टी प्रवेश गरेको जनाएको छ ।
आईत राम तामाङ् बिगत दुई दशकदेखि राजनीति क्षेत्रमा होमिनु भएको छ । तर “भाग्यले साथ नदिएको हो या नेतृत्व गर्ने साथीले घात गरियो ” राजनीति क्षेत्रमा लागेर देश र जनताको हकहितको निम्ति केहि गर्छु भनेर लागि पर्दा समेत सफल हुन भने सकेनन् । अबको दिनमा नागरिक उन्मुक्ति पार्टीको सम्रक्षक रेशम चौधरीलाई साथमा साथ र हातमा हात दिएर अगाडी बढ्ने उनि बताउनु हुन्छ ।
उनि यतिबेला राजनीति क्षेत्रमा निकै व्यस्त देखिन्छ । अझै पनि देश र जनताको निम्ति सहयोग गर्ने भावना भने जागरूप रहेको देखिन्छ । त्यसैले आज मकवानपुर जिल्लामा नागरिक उन्मुक्ति पार्टी को जिल्ला समिती गठन गरिएको छ ।
यही आउँदो भदौ ५ गते रेशम चौधरी मकवानपुर जिल्ला जाने भएको छ । मकवानपुरमा जिल्ला कमिटी गठन गरिएका सदस्यहरु भदौ ५ गते पार्टी प्रवेश गरिने जनाएको छ । उक्त समयमा मकवानपुर् जिल्लामा रेशम चौधरीलाई भव्य स्वागतका साथ साधारण र्याली गर्दै सभामा परिणत गरि सदस्यहरु पार्टी प्रवेश गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस