वाई सर्भिस क्लब अफ पोखराको दोश्रो पदास्थापन कार्यक्रम सम्पन्न
338 Views
पोखरा । गत वर्ष स्थापना भएको अन्तराष्ट्रिय सामाजिक संस्था वाइ सर्भिस क्लब अफ पोखराको दोश्रो पदास्थापना कार्यक्रम तथा वाईज युथ क्लब अफ पोखरा प्रथम भेला विहिबार सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले गर्नुभएको थियो । उहाँले युवालाई सामाजिक कार्यमा उत्प्रेरणा दिने संस्थाहरुको निकै आवश्यकता रहेको वताउँदै हरेक लिडरले अनुकरणीय काम गरेर देखाउन सक्नु पर्ने वताउनु भएको थियो ।
सो अवसरमा वाईज मेन इन्टरनेशनल साउथइष्ट एशिया रिजनल डाइरेक्टर दिपक भण्डारी, समाजसेवी इन्तिखाव आलम, ताईवान र इजिप्टका वाईएमआई लिडरहरु केरमिना सु र एडल अवनी, वाई सर्भिस क्लब अफ पोखराका २०२३/२४ का अध्यक्ष पुनम गुरुङ, वाईज युथ क्लब अफ पोखराका संस्थापक अध्यक्ष असिम घिमिरेलगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियाे ।
कार्यक्रममा भर्चुअल माध्यमबाट हङकङदेखि पुर्व रिजनल डाइरेक्टर जोन वङले शुभकामना मन्तव्य दिनुभएको थियो ।
वाई सर्भिस क्लब अफ पोखराको वर्ष २०२२/२३ का अध्यक्ष अरुण रानाभाट ले वर्ष २०२३/२४ का अध्यक्ष पुनम गुरुङलाई अध्यक्षको चेयर हस्तान्तरण गरेका थिए ।
सोही अवसरमा वाइ सर्भिस क्लब अफ पोखराको भातृसंस्था वाईज युथ क्लब अफ पोखरा प्रथम भेलाले असिम घिमिरेका अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।
वाई सर्भिस क्लब अफ पोखराका अध्यक्ष अरुण रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नवनिर्वाचित अध्यक्ष पुनम गुरुङले र संचालन बिशल वराल र सरु थापाले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस