पोखराको पृथ्वीचोकमा तात्कालिन पृथ्वीनारायण शाहको शालिक हुनुपर्ने माग गर्दै राजावादीहरुद्वारा प्रदर्शन
331 Views
पोखरा, श्रावन २९ । पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक हुनुपर्ने माग गर्दै राजावादीहरु द्वारा प्रदर्शन ।
पोखराको चोकचोकबाट शालिक तथा प्रतिमा हटाएर पोखरा १८ को बिभुति पार्कमा स्थानान्तरण गर्ने पोखरा महानगरपालिकाको निर्णयलाई राजावादीहरुको पार्टी भनेर पहिचान बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखराको पृथ्वीचोकबाट तात्कालिन राजा पृथ्वीनारायण शाहको प्रतिमा हटाउने कार्यको निरन्तर रुपमा बिरोध गरिरहेको छ ।
आदिवासी जनजाति दिवसका दिन लखन थापाको शालिक संगै राखेको पृथ्वी नारायण शाहको प्रतिमा र्यालीमा सहभागीहरुले हटाईए पछि त्यसको बिरोध गर्दै राप्रपाले बिरोध प्रदर्शन गरिरहेको छ। त्यसमा पनि पोखरा महानगरपालिकाले सर्वदलीय बैठकको निर्णय भन्दै आन्दोलनकारीहरुले फेरी सोही स्थानमा लगेर राखेको तात्कालिन राजा पृथ्वी नारायण शाहको प्रतिमालाई महानगरले रातारात हटाए पछि त्यसको ब्यापक बिरोध भएको छ।
आइतबार दिनभर राप्रपाको नेतृत्वमा राजावादीहरुको समूहले पोखराको पृथ्वीचोकमा दिनभर बिरोध प्रदर्शन गरे। भारी वर्षातका बाबजुत प्रदर्शनकारीहरुले तात्कालिन राजा पृथ्वीनारायण शाहको प्रतिमा पृथ्वीचोकमा नै पुनर्स्थापित गर्नु पर्ने भन्दै प्रदर्शन गरेका थिए। उनीहरुले शनिबार साँझ पोखरा महानगरपालिकाको निर्णय बिरुद्ध राँके जुलुश गर्दै मेयर धनराज आचार्यको पुत्ला दहन समेत गरेका थिए।
प्रतिक्रिया दिनुहोस