तामाङ पत्रकार संघ भक्तपुर शाखाले २९ औं तामाङ प्रसारण दिवस भव्य रुपमा मनाउने
293 Views
पोखरा, श्रावन २८ आइतवार । तामाङ पत्रकार संघ भक्तपुरद्वारा २९ औं तामाङ प्रसारण दिवसको भव्य रुपमा मनाउने भएको छ।
मानव शास्त्री डा. मुक्त सिंह तामाङ ज्यु को प्रमुख आतिथ्यता तामाङ वर्तमान परिस्थितिमा तामाङ पत्रकारको “अवस्था ,सम्भावना र चुनाैती” बारे बहस कार्यक्रम हुन गइरहेको आयोजक समितिले बताएका छन्।
प्रसारण दिवस साउन ३० गते मंगलबार दिउँसो १२बजेबाट माउन्टेन मल्टिपल कन्सल्टेन्सी सुर्यविनायक भक्तपुरमा हुने भएको छ।
२०५१ साल भाद्र १ गते रेडियो नेपालबाट तामाङ भाषा समाचार (संग्युर) प्रसारण गरेको दिनलाई तामाङ पत्रकार संघले प्रत्येक वर्ष भदौ १ गतेलाई तामाङ प्रसारण दिवसको रुपमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाउदै आएको छ ।
उक्त कार्यक्रममा उपस्थितिको लागि सञ्चारकर्मी, पत्रकार र विभिन्न क्षेत्रमा आवद्ध संघ, संस्थाहरुलाई निमन्त्रणा समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस