“२९ औँ विश्व आदिवासी दिवस” पोखरामा भव्यताका साथ सम्पन्न
432 Views
कास्की, २४ साउन । २९ औँ विश्व आदिवासी दिवस गण्डकी प्रदेश पोखरामा भव्यताका साथ सम्पन्न भएको छ ।
कास्की जिल्ला भित्रका आदिवासी जनजातिहरु आ-आफ्नो भेषभुषामा साँस्कृतिक जोगाऊने र पहिचान झल्किने गरि र्यालीमा उपस्थित भएका थिए । आदिवासी जनजातिको माग सहितको नारा बाजी लगाउदै मगर र तामाङ समुदायमा आँच र ठेस पुग्ने गरि गलत अभिव्यक्ति दिने भगवती पाण्डेलाई कारबाहीको माग सहितको नाराबाजी लगाएका थिए ।
उक्त बिशाल र्यालीमा नेपाल मगर संघ,नेपाल तामाङ घेदुङ, नेपाल भुजेल समाज,नेपाल थारु समाज,नेपाल दुरा समाज,नेपाल नेवा समाज, नेपाल छन्त्याल संघ,नेपाल छन्त्याल विद्यार्थी संघ,नेपाल मगर महिला संघ,नेपाल कमाल संघ,नेपाल पुन मगर समाज,नेपाल तमू समाज, द्वारा सहभागि सम्पुर्ण आदिवासी जनजातिहरु पोखराको मानव अधिकार चोक देखि चिप्लेढुंगा हुदै महेन्द्र पुल,पृथ्बीचोक परिक्रमा गर्दै सभागृह चोक हुदै सभागृह हलमा पुगी बिशाल जुलुस कोण सभामा परिणत भएको हो ।
कोण सभामा परिणत भए पछि कार्याक्रमलाई सम्बोधन गर्दै सभा का अघ्यक्ष,अतिथि बिशेष अतिथि तथा विभिन्न आदिवासी जनजाति समाज र संस्था को नेतृत्व गर्ने प्रतिष्ठित व्यक्तित्वहरुले आ आफ्नोमन्तव्य राख्दै आदिवासी जनजातिहरुको मौलिक अधिकार,पहिचान,सस्कार र समुदाय लाई सुनिश्चित गर्न प्रदेश देखि केन्द्र सम्म हरपल निरन्तर प्रयास जारि राख्ने प्रतिबद्दता जनाएको छ ।
कार्यक्रमलाई मनोरन्जित बनाउनको लागी जनजातिहरुको आ-आफ्नै जातिय मौलिक पहिचान र संस्कार जोगाउने खाल्को नृत्य तथा गायन प्रस्तुत गर्दै २९ आदिवासी दिवस भव्य र सभ्य रुमा ससम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस