आदिवासी महिला महासंघ द्वारा मातृ भाषाको महत्व बारे एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न
417 Views
कास्की, २३ साउन । रास्ट्रिय आदिवासी महिला महासंघले मातृ भाषाको महत्व बारे एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।
२९ औँ विश्व आदिवासी जनजाति दिवसको अवसर पारेर पोखरामा साउन २३ गते मंगलबारको दिनमा रास्ट्रिय आदिवासी महिला महासंघले मातृ भाषाको महत्व बारे एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा “आत्मनिर्णयका लागि परिवर्तनका संवाहक आदिवासी युवा”, साथै अ’पहिचान र अधिकार सिनिश्चितताका लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौअ’, परम्परागत ज्ञान, सिपको प्रवर्द्धन गर्दै पुर्ख्यौली भुमि, “भाषा र संस्कृतिको संरक्षण गरौँ” भन्ने मूल नाराका साथ गण्डकी प्रदेशका अर्थमन्त्रि माननीय जित प्रकाश आले को प्रमुख अतिथ्यमा मातृ भाषाको महत्व बारे एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रम गण्डकी प्रदेशको सहयोगमा भएको थियो । कार्यक्रममा महिला संसदहरुको बाग्लो उपस्थिति रहेको थियो भने विभिन्न महिला संघसंस्थाका पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम भव्य र सव्य बनेको थियो । कार्यक्रममा सम्पूर्ण महिला संसद एवंम महिला नेतृत्व गरेकी पदाधिकारीहरु द्वारा शुभकामना मन्तव्य राखेकी थिए ।
प्रतिक्रिया दिनुहोस