बालन प्रतिष्ठानको भजन प्रतियोगिता हुने
129 Views
२१ साउन पोखरा । बालन एवम् कला संस्कृति प्रतिष्ठान नेपालको आयोजना र गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको सहयोगमा साउन २२ गते खुला भजन चुड्का प्रतियोगिता हुने भएको छ ।
गुप्तेश्वर गुफाको प्राङ्गणमा हुने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः २५ हजार, १५ हजार, १० हजारसहितको पुरस्कार र उत्कृष्ट नृत्यतर्फ आकर्षक नगद पुरस्कार रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुनका लागि शिव महिमासम्बन्धी भजन बढीमा १० मिनेट र समूहमा बढीमा १५ जनासम्म हुनुपर्ने आयोजक समितिका बोधराज आचार्यले जानकारी दिए ।
प्रतियोगिता बिहान ९ बजेबाट शुरु हुने भएकाले सबै श्रद्धालु भक्तजन, आमा समूह र विभिन्न क्लबलाई प्रतियोगितामा सहभागी भएर सफल बनाउन सहयोग गर्न आयोजक समितिद्वारा जारी सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस