मानवसेवा आश्रमले आफ्नौ ११ औ वार्षिक उत्सवमा ज्ञान हस्तान्तरण कार्यक्रम गर्ने
334 Views
परिवर्तनको संवाहक शक्ति हुन् युवा,
रुपान्तरणको निर्णायक पात्र हुन् युवा,
राष्ट्रको विकास र उत्थानको प्रतिनिधि पात्र हुन युवा,
राष्ट्रको प्रतिष्ठा र गौरव हुन युवा १११
मानवसेवा आश्रमले आफ्नौ ११ औ वार्षिक उत्सवको अवसरमा १३ औ ज्ञान हस्तान्तरण कार्यक्रम आयोजना गर्ने भएको छ। यही भाद्र ०५ देखी १३ गते सम्म नौ दिवसिय आवसिय ज्ञान हस्तान्तरण कार्यक्रम हुने भएको हो। कार्यक्रम मानवसेवा आश्रमको शाखा कार्यालय रुपन्देही बुटवलमा हुने छ।
युवाहरुमा सकारात्मक सोच, सृजनशिलता, रचनात्मकता, मानवीयता र सामाजिक भावनासहितको असल, आत्मसंयमित, विवेकशिल, आत्मनिर्भर बनाउने उदेश्यले ज्ञान हस्तान्तरण कार्यक्रम९ राष्ट्रका लागि युवा०को आयोजना गरिएको हो।
आफुलाई दृण, आत्मा विश्वासी, करुणावान, क्षमतावान बनाउन चहाने हर कोहीलाई कार्यक्रममा सहभागी हुने अवसर प्रदान गरीनेछ।
भर्खरै कक्षा १२, स्नातक वा स्नातकोतर परिक्षा दिइ बसेकाहरुलाई प्रथामिकता प्रदान गरीनेछ। यसपटकको कार्यक्रममा १०१ जना सहभागी गराईनेछ। फारम भर्नु भएकाहरुको सम्पुर्णको लागि अन्य कार्यक्रमहरुमा पनी अवसर प्रदान गरिनेछ। कार्यक्रमको लागि रू १५०५।( फारम शुल्क लाग्नेछ भने फारम मानवसेवा आश्रमको सातै प्रदेशमा रहेको शाखा कार्यालयहरू, मानवसेवा आश्रमको आधिकारीक वेवसाईट, फेसबुकबाट पनी प्राप्त गर्न सकिने छ। खान बस्नको प्रबन्ध आयोजकले गर्नेछ।
योग, ध्यान, प्रणायम, क्षमता विकास, व्यत्तित्व विकास, नेतृत्व विकास, बोल्नेकला, तनाव व्यवस्थापन, मातृत्व र राष्ट्र प्रेम, जीवन जिउने कला जस्ता जीवनउपयोगी विषयहरुमा प्रशिक्षण हुने यस नौ दिवसिय ज्ञान हस्तान्तरण कार्यक्रम युवाहरुको जीवन रुपान्तरणका लागि कोसेढुङ्गा सावित हुनेछ। देश विदेशमा ख्याति प्राप्त प्रशिक्षकहरुबाट प्रशिक्षण गराईने यस जीवनउपयोगी कार्यक्रममा कर्मद्वारा समाजमा सकारात्मक परिवर्तन ल्याउन सफल व्यक्तिहरुबाट प्रशिक्षण गराईनेछ।
थप जानकारीका लागी मानवसेवा आश्रमको शाखा कार्यालय तथा तलको फोन वा ईमेल मार्फत लिन सक्नुहुनेछ।
फोनः ९८५५०७६०११, ९८५५०७६००३, ९८५५०७६००१, ९८५५०७६०१०
ईमेलः जगmबलष्तथलभउबद्दिण्द्दद्द२नmबष्।िअयm
प्रतिक्रिया दिनुहोस