शान्तिपूर्ण प्रदर्शन कारिहरुलाई हिरासतमा लिई निर्मम यातना
631 Views
काठमाडौँ, १७ साउन । अभियुक्त शितल पाण्डेलाई तत्काल पक्राउ गर्न माग गर्दै शान्तिपूर्ण रुपमा प्रदर्शन गर्दै गर्दा प्रहरीले अश्रुग्यास र लाट्ठी चार्ज गरेको छ।

प्रहरीको लाट्ठीचार्जबाट ६० जना भन्दा बढी व्यक्तिहरु घाइते भएका छन् भने दर्जनौ गिरफतार गरिएको छ । विभेदकारी कानुन खारेजी अभियानमा संयोजक मूक्तान थेबाले बताए अनुसार युवा घेदुङका अध्यक्ष बिमल मोक्तान, कवि तथा पत्रकार बच्चु हिमांशुसहित एक दर्जन भन्दा बढीलाई प्रहरीले पक्राउ गरेका छन । प्रक्राउ परेकाहरुलाई बिना सर्त तत्काल रिहा गर्न तामाङ र मगर समुदायका संघ संस्थाहरुले माग गरेका छन ।

कवि बच्चु हिमांशु लाई कविता वाचन गर्दागर्दै प्रहरीले गिरफ्तार गरी हिरासतमा लिएको छ । हिरासतमा लिइएका व्यक्तिहरुलाई निर्मम यातना दिएको उक्त भिडियो सामाजिक संजालमा सार्वजनिक भएको छ ।





प्रतिक्रिया दिनुहोस