फरार अभियुक्त शितल पाण्डे पक्राउ
529 Views
काठमाडौँ, १७ साउन । विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउ परेकी छन् । दुई साताअघि तामाङ, मगर समुदायका व्यक्तिहरुले दिएको उजुरीको आधारमा उनलाई बुधबार विहान पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
पाण्डेले प्राइम टिभीमा प्रसारित अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायको विवाह संस्कारलाई लिएर गरेको टिप्पणीप्रति ती समुदायले आपत्ति जनाएका थिए । उनीहरुले पाण्डेलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग राखेर प्रदर्शन पनि गर्दै आएका थिए । अधिवक्ता पाण्डेले एक टेलिभिजन अन्तर्वार्तामा दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर तामाङ समुदाय त्यसको विरोधमा उत्रिएको हो । त्यही अभिव्यक्तिलाई लिएर अधिवक्ता पाण्डेविरुद्ध नेपाल तामाङ घेदुङका तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द पुनले पक्राउ गर्न काठमाडौं प्रहरी परिसरमा उजुरी दिएका थिए ।
उजुरी दिएको हप्तौ बितिसक्दा पनि फरार भनिएको पाण्डेलाई पक्राउ नगरेपछि सम्पूर्ण तामाङ् समुदाय, कलाकार, मगर संघले आज जिल्ला प्रहरी कार्यालय टेकु मा घेराउबन्दि गरेको हो ।
प्रतिक्रिया दिनुहोस