पोखरामा फेरी सडक भासिन सुरु
327 Views
कास्की,१४ साउन । शनिबार दिउँसोदेखि परेको भारी वर्षाका कारण पोखरा १६, डाँडाथोकमार्गको सडक भासिएको छ । सडक भासिदा आउजाउ बन्द भएको र नजिकैका ३ घर जोखिममा रहेको वडाध्यक्ष अमृत तिमिल्सिनाले जानकारी दिए ।
सडक भासिएपछि खाल्डो पुर्न गएको टिपर नै फेरि भासिएपछि खाल्डो पुर्न ढिलाइ भएरहेको वडाध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।‘हिजोदेखि परेको पानीले रातको समयमा सडक भासिएको हो । सकड पुर्न आएको टिपर नै भासियो,’ उनले भने, ‘अहिले बाहिर निकालेर पुर्ने काम जारी छ ।’
वडाध्यक्ष तिमिल्सिनाका अनुुसार उक्त ठाउँ पहिले पनि पटकपटक भासिँदै आएको थियो ।केही समयअगाडिमात्रै सोही ठाउँमा भासिएको र पुरेको केही दिनमै फेरि खाल्डो परेको हो । भ्वाङ परेको ५० मिटर वरपर धेरै जोखिम रहेको उनको भनाइ छ ।
हिजोदेखि परेको अविरल वर्षाले साविक अर्मला गाविस क्षेत्रमा क्षति पु¥याएको जानकारी दिए ।उनले अर्मला जोड्ने मुख्य सडकमै पहिरो जाँदा आउजाउ पूर्णरुपमा बन्द भएको छ ।‘अरु साना खोलाले पनि केही घरहरुमा बस्नै नसक्ने गरी क्षति पु¥याएको छ,’ उनले भने ।
पोखराका विभिन्न भागमा बर्सेनि भ्वाङ पर्दै आएको छ । भूगर्भविद्का अनुसार पोखराको माटो चुनयुक्त भएकाले भ्वाङ पर्ने समस्या देखिँदै आएको हो ।
प्रतिक्रिया दिनुहोस