लायन्स बर्ष २०२३-२०२४ पहीलो क्याबीनेट बैठक सम्पन्न
515 Views
काठमाडौं,१३ साउन । काठ्माणडौको माछापोखरी स्थित BG banket हलमा लायन्स बर्ष 2023-2024 को लायन्स क्लब अफ नेपाल डिस्ट्रिक्ट ३२५ एल को पहीलो क्याबिनेट बैठक तथा डिस्ट्रिक्ट क्याबिनेट अफिसरहरुको पदास्थापना सम्पन्न भएको छ।
पहीलो सत्र को बैठकमा डिस्ट्रिक्ट क्याबीनेट अफिसर पदस्थापना कार्यलाई सम्मान गर्नको निम्ती कार्याक्रमको अध्याक्षता डिस्ट्रिक गभर्नर ३२५ एल लायन्स परमेश्वर बराल ज्यु ले ग्रहण गर्नू भएको थियो भने प्रमूख अतिथिमा lions international director बालकृष्ण बुर्लाकोटी र बिषेश अतिथिमा लायन्स मणीश्री रत्न बज्राचार्य ज्यु ले आतित्यथा ग्रहण गर्नू भएको थियो। कार्यक्रम क्रममा डिस्ट्रिक्ट ३२५ एलको लायन्स मेम्बर हरु लै बाजागाजा सहित स्वागत गरेको थियो उक्त कार्याक्रममा ७०० जना डिस्ट्रिक लायन्स ३२५ एल बिभिन्न क्लबहरुको नेतृत्व गर्ने मेम्बर हरुको बाक्लो उपस्थीती थियो। लायन्स क्लब अफ पोखर ग्रीन फोर्स बाट अध्याक्ष सन्तोष ताम्रकार,सचिब श्यामकुमार ताम्राकार,धन बहादुर तामाङ,बिक्रम नेपाली,बैसलाल बिश्वकर्मा,धन बहादुर राणा मगर,जय तामाङ पनि बैठक मा उपस्थीती जनाउन सफल भएको थियो।
कार्यक्रममा मुख्य अतिथि बिषेश अतीथी तथा मन्चमा आसिन बिभिन्न पदमा आसिन जोन डिस्ट्रिक्ट लै नेतृत्व गर्ने लायन्सको अग्रजहरुले आआफ्नो मन्त्यब्य राख्दै नया अफिसर मा पदास्थापना हुने ब्यक्तित्वहरुलाई काम र कर्तब्य प्रती सधै जागरुक भई अगी बड्न साथ र सहयोग सदैब रहिरहने प्रतिबद्दता जनाउनु भएको थियो।
तेसै गरि दोस्रो सत्रमा क्याबिनेटको बैठक प्रारंभमा प्रमूख अतिथि बाग्मती प्रदेशको मुख्यमन्त्री शालिकराम जमरकटेल ज्युले आतित्थ ग्रहण गर्नू हुदै कार्याक्रमलाई सम्भोधन गर्नू भएको थियो सम्बोधन मा उहाले लायन्स क्लब एउटा सामजिक कार्य गर्ने अन्तरास्ट्रिय संस्था रहेको र सामजिक कार्यको कुनै पनी एजेन्डाहरु प्रती बाग्मती प्रदेश सरकार र आफ्नो ब्यक्तिगत तर्फ बाट सदैब सहकार्य गरि अगी बड्ने प्रतिबद्धता दिनुभएको थियो।
साथै मन्च आसिन सम्पुर्ण लायन्स ब्यक्तित्व हरुले आआफ्नो मन्तब्य राख्दै लायन्स क्लबमा आफुले ग्रहण गरेको पद लै पुर्ण रुपमा दायित्व निभाउदै सदैब क्लव डिस्ट्रिक जोन र देश को उच्च सम्मान प्राप्तिको लागी अगि बड्ने प्रतिबद्दता दिदै कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस