मादी बेशीका सापकोटा मंगलबारदेखि बेपत्ता
1476 Views
पोखरा । कास्की जिल्ला मादी गाउँपालिका वडा नं ५ मादीवेशी (भैंसे) निवासी भिम बहादुर सापकोटा मंगलबार देखि बेपत्ता भएका छन् ।
साउन १० गते विहान ८:३० बजे घरबाट निस्केका ८१ बर्षिय सापकोटा बेपत्ता भएको हाल वैदेशिक रोजगारीमा रहेका कान्छा छोरा अमर सापकोटाले बताए ।
उहाँले लगाएका कपडा र सुनको औंठी भैसेंको पक्की पुल नजिकै फेला पारेकोले नदिमा बगेको शंका गाउलेहरुले गरेका छन् ।
उहाँका श्रीमती, तीन छोरा र दुई छोरी छन् ।
उहाँको खोजी कार्य भइ रहेकोले भेटाउन महानुभावहरुले नजिकको प्रहरी कार्यालय वा १०० वा डाँडानाक प्रहरी कार्यालय ९८५६०९०१६९ नं. मा सम्पर्क गरिदिनु हुन परिवारका सदस्यले आग्रह गरेका छन् ।
त्यसै गरि मादी गाउँ पालिका वडा नं ४ र ५ को ९८५६०७२२०४, ९८५६०७२२०५ मा परिवारको सम्पर्क नं. ९८२४१४१५०१, ९८२६६०००७० मा जानकारी गराइदिन अनुरोध गरिएको छ ।





प्रतिक्रिया दिनुहोस