पाण्डे”शितल”को अभिव्यक्तिप्रति तामाङ् समुदाय कानुनि उपचारमा जान चेतावनी
2418 Views
काठमाडौँ, ८ साउन । प्राइमटाइम टेलिभिजनबाट प्रसारण हुने ‘चिया गफ’ नामक टक शोमा अन्तर्वार्ता दिने क्रममा अधिवक्ता भगवती पाण्डे ‘शितल’ले तामाङ समुदायलाई जोडेर दिएको अभिव्यक्तिप्रति नेपाल तामाङ घेदुङ लागएत विभिन्न तामाङ् संघसंस्था द्धारा प्रेस विज्ञप्ति जारि गरेको छ ।
घेदुङको संघीय उपमहासचिव जगतमान दोङ तामाङले एक प्रेस विज्ञप्ति जारी गर्दै पाण्डेलाई अभिव्यक्ति सच्याउन र नसच्याए कानुनी उपचारमा जाने चेतावनी दिएका हुन् ।
प्राइमटाइम टेलिभिजनबाट प्रसारण हुने ‘चिया गफ’ नामक टक शोमा अन्तवार्ता दिने क्रममा अधिवक्ता भगवती पाण्डेले तामाङ समुदायमा दाजुबहिनी बीचमै विहे हुने र अपराधिक कार्यमा संलग्न हुँदै आएको अभिव्यक्ति दिएकी थिइन् । ‘के कारण मानिस अपराधतर्फ ढल्किन्छ ?’ भन्ने विषयमा गरिएको कुराकानीमा उनले हाडनाताभित्र हुने विवाहले अपराध बढाएको दाबी गर्दै तामाङ समुदायमा दाजुबहिनीबीचमै बिहेबारी हुने, त्यसरी विवाह गर्ने व्यक्ति एकोहोरो हुने र अपराधमा संलग्न हुने गलत उदाहरण प्रस्तुत गरेकी थिइन् । विज्ञप्तिमा अधिवक्ता पाण्डेले अध्ययन अनुसन्धानविना दिएको उक्त अभिव्यक्तिले तामाङ समुदायको भावना र अस्मितामा ठूलो चोट पुगेकोले घेदुङ लागायत विभिन्न तामाङ् संघसंस्था र सिँगो तामाङ् समुदायले आपत्ति एवं खेद व्यक्त गरेको छ ।
तामाङ जाति प्राचीनकालदेखि नेपालमा बसोबास गर्दै आएको आदिवासीहरुमध्ये तेस्रो ठूलो जनसंख्या भएको जाति हो । तामाङ जातिको आफ्नै मौलिक कला, संस्कार, संस्कृति, परम्परा एवं भाषा रहेको सर्वविदित्तै रहेको छ । तर, यो समुदायभित्र दाजुबहिनीबीच बिहेबारी हुने अधिवक्ता पाण्डेको तर्क आधारहीन छ । ‘चिया गफ’ कार्यक्रममार्फत राष्ट्रियस्तरको टेलिभिजनबाट प्रसारित उक्त अभिव्यक्तिले तामाङ समुदायको संस्कृतिबारे जनमानसमा गलत सन्देश प्रवाह हुन गएको छ ।
कुनै पनि जाति समुदायको विषयमा सार्वजनिक सञ्चारमाध्यममबाट अभिव्यक्ति दिँदा उक्त समुदायको इतिहास, संस्कार, संस्कृति र तथ्यहरुलाई बंग्याएर गलत रुपमा प्रस्तुत गर्नु पनि अपराध नै ठहरिने कुरा अधिवक्ता पाण्डेलाई ध्यानाकर्षण गराएको छ,तसर्थ, ‘चिया गफ’ कार्यक्रममार्फत दिएको गलत अभिव्यक्ति तत्काल सच्याई उक्त अभिव्यक्तिबाट तामाङ समुदायको अस्मितामा पर्न गएको चोटप्रति सार्वजनिक रुपमा माफी माग्न अधिवक्ता पाण्डेलाई
चारैतिरबाट दवाव दिएका छन् ।अन्यथा, कानुनी उपचारमा जान बाध्य हुने समेत चेतावनी दिएको छ ।
तामाङ समुदायको विषयमा गलत तथ्यसहितको अन्तर्वार्ता प्रसारण गर्ने संस्था प्राइमटाइम टेलिभिजनलाई पनि तत्काल उक्त कार्यक्रमका भिडियोहरु सामाजिक सञ्जाल फेसबुक, युट्युबलगायतबाट हटाउन तथा अधिवक्ता पाण्डेले ‘चिया गफ’ कार्यक्रममा दिएको अभिव्यक्ति सच्याइएको सामग्री प्रसारण गर्नसमेत दवाव दिएको छ, भने उनलाई कानुनि कारघारमा ल्याउनु पर्ने भन्दै चारै तर्फबाट विरोध जनाएको छ ।
त्यस्तै तामाङ् समुदाय माथि पाण्डे शितलले दिएको अभिव्यक्ति विरुद्धमा विभिन्न तामाङ् संघसंस्था द्वारा पनि संयुक्त प्रेस विज्ञप्ति जारि गरिएको छ ।
विज्ञप्ति;







प्रतिक्रिया दिनुहोस