कक्षा १२ को नतिजा श्रावणमै सार्वजनिक गरिने
726 Views
रोमन लामा (क्षितिज )
रामेछाप ३ श्रावण खोज मिडिया। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा यही श्रावणमा नै सार्वजनिक गर्ने भएको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेष्ठ ५ गते सम्पन्न कक्षा १२ को परीक्षाको नतिजा बोर्डले परीक्षा सम्पन्न भएको तीन महिनाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिरहेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले श्रावण महिनाभित्रमा नै कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताउनुभयो ।
देशभरका १४५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।





प्रतिक्रिया दिनुहोस