युवा नेता आईतराम तामाङ रेशम चौधरीसंग विशेष भेटबार्ता
548 Views
काठमाडौँ, ३१ असार । बैदेशिक व्यवसाय गर्दै आउनुभएका युवा नेता आइत राम तामाङ्ग आज नेपाल आईपुगेका छन् । उनि बिगत दुई दशकदेखि बैदेशिक व्यवसायमा व्यस्त रहेता पनि नेपालको राजिनितिमा भने निकै चासो राख्दै आएका छन् ।
उनि गत मङ्सिरको निर्वाचनमा मकवानपुर क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवार दिएका थिए तर उनि राप्रपाका सांसद दिपक सिङ सग पराजित भएका हुन् ।
उनि राजनीति क्षेत्रमा पराजित भएता पनि आफ्नो गाउँ ठाउँका विभिन्न ठाउँहरुमा भने आफ्नो व्यक्तिगत सहयोग गर्न भने कहिँ कतै चुकेको छैन । आगामी दिनमा पनि समाज र देशको लागि केहि गर्नुपर्छ भन्ने सोच भएका तामाङ्ग आज विदेशबाट काठमाडौँ आइपुगेका छन् ।
उनि विशेष गरि राजनीति विषयको लागिनै नेपाल आईपुगेको बताएका छन् । आज उनको पहिलो भेट रेशम चौधरीसँग भएको हो । तामाङ्ग विदेशबाट स्वदेश फर्किदा धेरैजसो राजनीतिक छलफलमा नै समय बिताउने गर्छन् । आज उनि पहिलो पटक रेशम चौधरी संग भेट हुँदा राजनीतिक विषयमा विशेष छलफल भएको बताए ।
उनि आजको भेटबार्तामा विशेष व्यक्तिहरुसंगको भेटघाट र छलफलमा बस्न पाउँदा खुसि व्यक्त गरेका छन् । उनि केहि समयको लागि नेपाल रहने बताउदै आगामी दिनमा राजनीतिक विषयलाई मध्यनजर गरि अगाडी बढ्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस