कोको म्हेन्दो साहित्य समाजद्वारा एस ई ई उत्तिर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न
305 Views
कास्की, ३० असार । एस ई ई उतिर्ण तामाङ समुदायको बिध्यार्थीहरुलाई सम्मान,बधाई एवं प्रशीक्षण कार्यक्रम आज सम्पन्न भएको छ।
कोकोम्हेन्दो साहित्य समाज को आयोजनामा पोखरा १३ संगम टोल स्थित तामाङ बौद्ध सेवा समितिको भवनमा एस ई ई माछापुच्छ्रे गाउपालीका, मादी गाऊपालीक र पोखरा महानगर पालीका गरि ७० जना एस ई ई उतिर्ण विधार्थी तामाङ समुदायका भाई बहिनीहरु सहित अभिभावक हरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा सबै भन्दा धरै माछापुच्छ्रे माध्यमिक विद्यालय भुर्जुङ्खोलाबाट विद्यार्थीहरुको बाग्लो उपस्थिति रहेको थियो। कार्यक्रममा मादी गाऊपालीकाको अध्याक्ष देबि जङ गुरुङ प्रमुख अतिथि थिए भने कोकोम्हेन्दो साहित्य समाज का अध्याक्ष तथा नेपाल तामाङ घेदुङका केन्द्रीय उपाधक्ष्य दिपक तामाङ तथा प्रशीक्षक पृथ्बिनारयाण क्याम्पसका सह प्राध्यापक, संगीत प्रेमी, शिक्षाविद, साहित्यप्रेमी तिर्थ दुम्जन प्रशिक्षक थए ।
पोखरा १३ नम्बर वडाका महिला सदस्य सुचित तामाङ र बिभिन्न संघ सस्थामा आबद्ध रहेका ब्यक्तित्वले आ आफ्नो मन्तब्य राख्दै विधार्थीहरुको उज्जल भविष्यको प्रगतीको कामना सहित सुभकामना तथा बधाई दिएका थिए ।
मादी गाउँपालिका प्रमुखका अनुसार ११ /१२ कक्षामा नयाँ भर्ना हुने विद्यार्थीहरुको लागि मादी गाउँपालिकाबाट निशुल्क शिक्षाको व्यवस्था रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस