ने.ता.घे.संघीय कार्य समिती अन्तर्गत विभागीय सामुहिक सपथ ग्रहण कार्यक्रम सम्पन्न
491 Views
काठमाडौँ, २९ असार । नेपाल तामाङ्ग घेदुङ् संघीय कार्य समिती अन्तर्गत विभागीय सचिवहरुको सामुहिक सपथ ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ ।
ने.ता.घे.संघीय कार्य समिती सचिव तथा विभाग समन्वय प्रमुख अन्तर्गत संयुक्त संघीय प्रमुख बेल बहादुर लुङ्बा तामाङ्ग को अध्यक्षतामा संघीय कार्यलय चुच्चेपाटीमा घेदुङको विभागीय सदस्य सचिवहरुको सामुहिक सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
सपथ ग्रहण लिनेहरु;
१. श्री कृष्ण बहादुर बल भाषा,लिपि तथा साहित्य विभाग सचिव,
२. श्री सरस्वती तामाङ् सूचना सञ्चार तथा प्रकाशन विभाग सचिव,
३. श्री सुक सागर तामाङ कर्मचारी तथा सेना प्रहरी विभाग सचिव,
४. श्री नरध्वज तामाङ उद्ध्योग पर्यटन तथा वातावरण विभाग सचिव,
५. श्री शेर बहादुर तामाङ सामाजिक कल्याण समन्वय विभाग सचिव,
ने.ता.घे.संघीय अध्यक्ष मोहन गोले द्वारा विभागीय सचिवहरुलाई सपथ ग्रहण गराईएको थियो । भने ने.ता.घे.संघीय सहअध्यक्ष कुमार घिसिङ् तामाङ्ग र महासचिव काजिमान थिङ् ले शुभकामना मन्तव्य सहित बधाई दिएका थिए ।
प्रतिक्रिया दिनुहोस