पशुपति आर्यघाटमा सीता दाहालको अन्तिम बिदाइ, प्रचण्डले दिए दागबत्ती
438 Views
काठमाडौं, २७ असार । प्रधानमन्त्री प्रचण्डपत्नी सीता दाहालको अन्तिम संस्कार गरिएको छ । बुधबार बिहान निधन भएकी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरिएको हो ।
दाहालको पार्थिव शरीरमा प्रधानमन्त्री तथा सीता दाहालका श्रीमान् प्रचण्डले दागबत्ती दिए । सीता दाहालको राष्ट्रिय सम्मानका साथ दाहसंस्कार गरिएको हो ।

विभिन्न दलका नेता र विदेशी कूटनीतिज्ञहरूले दाहाललाई श्रद्धाञ्जली दिएका छन्। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजाल, नेकपा एमालेका उपाध्यक्षद्वय सुवास नेम्वाङ र बिष्णु पौडेललगायतले पेरिसडाँडा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन्। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि श्रद्धाञ्जली दिन पेरिसडाँडा पुगेका थिए ।





प्रतिक्रिया दिनुहोस