बि बि अनुरागीको स्वरसंगीतमा ‘कता टेकुँ’ गजल भिडियो सार्वजनिक
277 Views
पोखरा,२३ असार। साहित्यकार तथा लोकगायिका हरिदेवी कोइरालाको रचना तथा संगीतकार बिबी अनुरागीको स्वरसंगीतमा ‘कता टेकुँ’ गजल बिबी अनुरागी युट्युव च्यानलबाट म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
पोखरा चिप्लेढुंगा स्थित रहेको “दि भिलेज रेस्टुरेन्ट”मा “कता टेकु” बोलको गजल लोकार्पर्ण कार्यक्रम असार २३ गते शनिवारका दिन सप्तरंगी सांस्कृतिक प्रतिष्ठानको आयोजनामा उक्त भिडियो सार्वजनिक गरेको हो ।
नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले उक्त भिडियो सार्वजनिक गर्दै गीतकार कोइराला तथा संगीतकार अनुरागी दुवै आ–आफ्नो क्षेत्रमा चर्चित प्रतिभा रहेको बताएका छन् । उनले गीतलाई विभिन्न शैलीमा प्रस्तुत गर्न सकिँदो रहेछ भन्ने नमुना उक्त सिर्जनामा भएको उल्लेख गरेका छन् ।
गण्डकी प्रदेशसभाका एमाले प्रमुख सचेतक गोविन्द नेपालीले संगीतको क्षेत्रमा इँटा थपिएको बताउँदै उत्तरोत्तर प्रगतिको कामना गरी बधाई दिए । साहित्यकार तथा गीतकार हरिदेवी कोइरालाले आफ्ना सामान्य शब्दलाई बिबि अनुरागीले आफ्नो स्वरको जलप लगाएर जनसमक्ष ठूलो गुन लगाएको भन्दै आभार व्यक्त गरेकी थिए ।
पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले सप्तरंगी सांस्कृतिक प्रतिष्ठानले पहिलो पटक हरिदेवी कोइराला एकल सांगीतिक कार्यक्रम गरेर कलाकार उपचार कोष तथा पुरस्कार स्थापना गरेको स्मरण गरे गरेका थिए ।
स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले नयाँ सिर्जनाले सबैमा खुसी ल्याएको बताए । सप्तरंगी सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष नवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जूना क्त्रीक्षेले स्वागत तथा सचिव सानु जोजिजुले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस