प्रदेश खेलकुद परिषद गण्डकीको पाँचौ पूर्ण बैठक सम्पन्न
112 Views
पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको पाँचौ पूर्ण बैठक शनिबार पोखरामा सम्पन्न भएको छ ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका मन्त्री एवं परिषदका अध्यक्ष शुसिला सिंखडाको अध्यक्षतमा उक्त बैठक सम्पन्न भएको हो । यहि असार १ गते बाट राष्ट्रिय खेलकुद परिषद (राखेप)बाट जिल्लामा खटिएका कर्मचारीहरु लाई व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
राखेपबाट विभिन्न १० जिल्लामा २० जना कर्मचारीहरु कार्यरत रहेको र सोही अनुसार अन्तर जिल्ला र परिषदले आफ्नै मातहातमा उनीहरुको व्यवस्थापन गर्ने गरी निर्णय गरेको हो ।
त्यस्तै बैठकले नवौं राष्ट्रिय प्रतियोगिताको तयारीको क्रममा बन्द प्रशिक्षणमा बाँकी रहेको रकमहरु भुक्तान गर्नेे निर्णय गर्नुका साथै नव नियुक्त मन्त्री सिंखडालाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना समेत दिएको छ ।
यसै गरी मन्त्रालयका महाशाखा प्रमुख घनश्याम पौडेलले परिषदको सदस्य सचिवको रुपमा सफल भूमिका निर्वाह गरेकोमा बैठकले हार्दिक आभार समेत व्यक्त गरेको छ ।
बैठकमा आफ्नो सम्वोधनको क्रममा मन्त्री सिंखडाले खेलकुद क्षेत्रलाई अझै मर्यादित, अनुशासित, उत्कृष्ट संगै समृद्ध बनाएर अघि बढाउन परिषदले आफ्नो योजनाहरु अघि बढाउनु पर्ने कुरामा जोड दिइन् । खेलकुद ऐनमा भएका समस्याहरुका विषयमा आफूले अध्ययन गर्ने बताउँदै खेलकुद क्षेत्रलाई हिजोको भन्दा अझै गतिशिल बनाउन मन्त्रालय प्रतिवद्ध भएको जनाइन् ।
मन्त्री सिंखडाले खेलकुदमा रहेको अनुशासनलाई व्यवहारमा लागु गर्न सके खेल क्षेत्रले अझै धेरै समृद्ध हासिल गर्ने कुरामा आफू विश्वस्त रहेको बताउँदै उनले आफ्नो संस्कारमा परिवर्तन गर्न समेत जोड दिइन् ।
बैठकमा परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मा, कार्यकारी सदस्य दिल बहादुर गुरुङ, तारामायाँ थापा मगरलगयात परिषदका सदस्यहरुको सहभागिता रहेको थियो ।
यस अघि पहिलो पटक परिषदको कार्यालय आएकी मन्त्री सिंखडालाई परिषदका उपाध्यक्ष गुरुङ, सदस्य सचिव शर्मा, कार्यकारी सदस्यहरु, परिषदका सदस्यहरु, कार्यालय प्रमुख तोपालाल भुसाल, लेखा प्रमुख निलकण्ठ भुसाललगातले स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस