प्रदेश खेलकुद परिषद गण्डकी द्वारा जिल्ला खेलकुदका कर्मचारी संग छलफल
144 Views
पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले जिल्ला खेलकुदका कर्मचारीहरु संग छलफल गरेको छ ।
परिषदको सचिवालयमा शुक्रबार भएको उक्त छलफलमा आगामी दिनमा जिल्लाहरुमा खेलकुदको गति तिव्र बनाउने संगै कर्मचारीहरुको व्यवस्थापनमा विषयमा छलफल केन्द्रित गरिएको परिषदका सदस्य सचिव श्रीधर शर्माले जनाएका हुन् ।
यहि असार १ गतेबाट राष्ट्रिय खेलकुद परिषद ९राखेप०मा कार्यरत कर्मचारीहरु परिषद समायोजन भए संगै परिषदले आगामी दिनका योजना अघि सार्न पहिलो पटक उक्त छलफल गरिएको सदस्य सचिव शर्माले जनाए । साथै जिल्लामा आवश्यकता अनुसार कर्मचारीहरुको व्यवस्थापन गर्ने तथा राखेपबाट समायोजन भएर आएका प्रशिक्षक र कर्मचारीहरुलाई परिषदले आफ्नो मातहतमा राखेर काम काज लाई अझै चुस्त बनाउने विषयमा छलफल केन्द्रित गरिएको उनको भनाई थियो ।
खेलकुद अब संघियताको मर्म अनुसार अघि बढ्नेमा आफू विश्वस्त रहेको बताउँदै कर्मचारीहरुको व्यवस्थापनले जिल्लाहरुमा खेलकुदका कार्यक्रम अघि बढाउन समेत धेरै सहजता हुने उनले उल्लेख गरे । उनले भने–“हामी प्रदेशको खेलकुद गतिलाई अझै तिव्र बनाउन चाहेका छौं,” सदस्य सचिव शर्माले भने–“कर्मचारीहरु परिषद मातहात आएका छन् अब योजनावद्ध रुपमा हामी अघि बढ्छौं ।”
बैठकमा जिल्ला खेलकुद विकास समितिका अध्यक्षहरु, कार्यालय प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।
गण्डकी प्रदेशस्तरिय महिला भलिबलमा क्वाटरफाइनलको समीकरण पुरा
गण्डकी प्रदेशस्तरिय महिला भलिबल २०८० मा क्वाटरफाइनलको समिकरण पुरा भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रदेश भलिबल संघ गण्डकीको ब्यवस्थापनमा पोखरा रंगशालामा जारी प्रतियोगिताको दोश्रो दिन क्वाटरफाइनलको समिकरण पुरा भएको हो । जारी प्रतियोगिताबाट स्याङजा, पर्वत, म्याग्दी र बागलुङ सेमीफाइनलमा प्रवेश गरेको प्रदेश भलिबल संघका उपाध्यक्ष हरि श्रेष्ठले जानकारी दिएका छन् ।
सम्पन्न खेलमा म्याग्दीले मनाङलाई २५–२, २५–१८ को सोझो सेटमा पाखा लगाउँदै सेमीफाइलको यात्रा तय गरेको छ । उपाधि नजिक पुग्न म्याग्दीले बागलुङको सामना गर्ने भएको छ । यता बागलुङले गोर्खालाई २५–१७, २५–२२ ले पराजित गर्दै म्याग्दी संग अन्तिम चारमा भेट पक्का गरेको रेफ्रि टुक बहादुर गुरुङले बताए ।
यस्तै स्याङजाले कास्कीलाई र पर्वतले तनहुँलाई पराजित गर्न सफल भए । स्याङजाले २५–२१, २५–१९ ले कास्कीलाई पराजित गर्दै तथा पर्वतले तनहुँ माथी २५–१२, २५–१३ ले जित दर्ता गर्दै सेमीफाइनलको यात्रा तय गरेका छन् ।
प्रतियोगितामा उपाधि बिजेता टिमलाई नगद १ लाख, उपविजेतालाई नगद ७० हजार र तृतिय हुनेलाई नगद ४० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।
यसै गरी उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटरलाई जनही नगद ५–५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र दिइने छ । प्रतियोगितामा ११ वटै जिल्लाका टिमहरुको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस