ताम्सालिङ सङघर्ष समितिको पुनर्गठन तथा घोषणा कार्यक्रम सम्पन्न “तस्विर सहित”
367 Views
काठमाडौँ, १४ असार । गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र लोकतन्त्रको रक्षा गर्दै सबै नेपाली जनताको पहिचान, प्रतिनिधित्व र समान पहुँच स्थापनाका लागि ताम्सालिङ सङ्घर्ष समितिको पुनर्गठन तथा घोषणा कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौँ जिल्ला चुच्चे पाटि स्थित नेपाल तामाङ्ग घेदुङको सभाहलमा आज ताम्सालिङ्ग सङघर्ष समितिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
बिगतमा आबद्द संघसंस्था र राजनीतिक दलहरुको सयुक्त भेलाले ताम्सालिङ्ग स्थापना को निम्ति दिर्घाकालिन र तत्कालिन कार्यक्रमहरु गर्ने र अबको आन्दोलन बिगतको आन्दोलनबाट समिक्षा गर्दै आगामी संघर्षको रणनीतिक तय गर्ने उद्देश्यले तामसालिङ्ग संघर्ष समितिको पुन; गठनको निम्ति सोहि भेलाले तटस्थ समिति गठन गरेको जनाएको छ ।
उक्त कार्यक्रम नेपाल तामाङ्ग घेदुङ्गको अध्यक्ष संयोजन हुने गरि लोकतान्त्रिक तामाङ्ग संघ, तामाङ्ग संघ, तामाङ्ग रास्ट्रिय मुक्ति मोर्चा,समाजवादी तामाङ्ग समाज संघ, तामाङ्ग कलाकार संघ,तामाङ पत्रकार संघ,नागरिक उन्मुक्ति पार्टी तामाङ्ग संघ लगायत विभिन्न जातिय संघसंस्था र राजनितिक दलमा आवद्द तामाङ्ग जातिय मोर्चा हरु, सामाजिक अभियान्ता, बुद्दिजिबिहरु रहनेगरि ताम्सालिङ सङ्घर्ष समितिको पुनर्गठन तथा घोषणा कार्यक्रम सम्पन्न भएको छ ।
तस्विर; श्री हिरा लाल तामाङ सैलुङ्ग
प्रतिक्रिया दिनुहोस