हिजो असार १३ गते “तामाङ पत्रकार संघ” कास्कीको औपचारिक बैठक सम्पन्न
489 Views
पोखरा,१४ असार। गण्डकी प्रदेश कास्की जिल्ला पोखरामा हिजो असार १३ गते “तामाङ पत्रकार संघ” कास्कीको औपचारिक रुपमा पहीलो बैठक सम्पन्न भएको छ।
चिप्लेढुंगा स्थित “दि भिलेज” मा भएको उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय उपाध्याक्ष दिपक वाईबा,नगर घेदुङ को बर्तमान सचिब अन्जना दुम्जन ,नेपाल तामाङ घेदुङ जिल्ला सम्वनय समितिको बर्तमान सचिब मिन माया तामाङ्ग र मिस तामाङ को दोश्रो रनरअप हुन सफल सपना तामाङ्गको बिषेश उपस्तिथिमा बैठक सम्पन्न भएको हो।
बैठकमा नेपाल तामाङ घेदुङ केन्द्रिय उपाधक्ष्य दिपक तामाङले कार्याक्रमलाई सम्बोधन गर्दै देश समाज र संगठनको बिस्तार बिकास गर्न र देश समाज तथा समुदायमा भइरहेको यथार्थ विवरण तथा घटनाहरुको उजागार गर्न पत्रकारिता क्षेत्रको ठुलो योगदान रहने बताए। त्यसकारण तामाङ पत्रकार संघ कास्कीको उद्देस्य पनि यहि नै हो र यस तामाङ पत्रकार संघ लाई अगाडी बढाउन आफ्नो ब्यक्तिगत तर्फबाट र संबन्धित संघ संस्थाहरु बाट सदैब अविभावकको रुपमा अग्रसर रहने आफ्नो प्रतिवद्दता जाहेर गरे ।
बैठकमा तामाङ पत्रकार संघ कास्कीको अध्याक्ष पबित्रा तामाङ र नेपाल तामाङ घेदुङ जिल्ला सम्वनय समितिको सचिब मिन माया तामाङ र नगर घेदुङको सचिबले आआफ्नो मन्तब्य राखेका थिए, भने बैठक तामाङ पत्रकार संघ कास्की को सचिव पत्रकार रजनी तामाङ ले सन्चालन गरेकि थिए ।





प्रतिक्रिया दिनुहोस