दुर्गम गाउँको डहु मा.वि. डहु नमूना विद्यालय बन्यो रामेछाप जिल्लाकै उत्कृष्ट विद्यालय
843 Views
रोमन लामा (क्षितिज)
रामेछाप ०८ असार खोज मिडिया। रामेछाप सुनापति गाउँपालिका वडा नं ४ डहु स्थित नमूना डहू मा.वि. रामेछापले प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्येबाट उत्कृष्ट विद्यालय छनोट हुन सफल भएको छ । विगत केही वर्ष यता रामेछाप जिल्लाको मात्र नभई देशकै नमूना विद्यालयको रुपमा स्थापित हुन सफल हुँदै आएको डहु मा.वि. यस वर्ष प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गत रामेछाप जिल्लाको आठ वटा स्थानीय तह मध्ये उत्कृष्ट विद्यालय बन्न सफल भएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले व्यवस्थापकीय र शैक्षिक सुधारमा उत्कृष्ट काम गरेका विद्यालयलाई प्रोत्साहन अनुदान दिएको छ। २०८०-०३-०५ गते शैक्षिक गुणस्तर परीक्षण केन्द्रले प्रोत्साहन अनुदान पाउने विद्यालयको सूची सार्वजनिक गरेको छ। सूचीमा परेका सामुदायिक विद्यालयले रु.५ लाखका दरले प्रोत्साहन अनुदान पाउनेछन्।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले प्रतिनिधिसभाको प्रत्येक निर्वाचन क्षेत्रबाट विद्यालय पर्ने गरी १६५, शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट भएको कार्य सम्पादन परीक्षण भएको मूल्याङ्कनबाट उच्चतम अङ्क हासिल गर्ने विद्यालय, महानगरपालिका र उपमहानगरपालिका भित्रबाट थप २ विद्यालय छनोट गरेको जनाएको छ।
केन्द्रले चालु आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ‘व्यवस्थापकीय तथा शैक्षिक सुधारमा उत्कृष्ट कार्य गरेका विद्यालयलाई नतिजामा आधारित प्रोत्साहन अनुदान’ का लागि आवश्यक बजेट वित्तीय हस्तान्तरण गरिसकेको जानकारी दिए।








प्रतिक्रिया दिनुहोस