गायीका जितु लोप्चनले आफ्नो जन्म दिनको अवसर पारेर सेलो गीत ‘डम्फुरे दाई’ सार्वजनिक गरिन्
760 Views
काठमाडौ । नेपाली तथा तामाङ गीत संगीतको बजारमा व्यवसायीक रुपमा स्थापित सफल गायीका जितु लोप्चनको सार्वजनिक भएको सेलो गीत ‘डम्फुरे दाई’ शुक्रवार आफ्नो जन्म दिनको अवसर पारेर सार्वजनिक गरिएको छ।
गायीका जितु लोप्चनको आफ्नै लगानीमा बनेको म्युजिक भिडियो सेलो गीत ‘डम्फुरे दाई’ आफ्नै जन्मदिनको अवसर पारेर आफ्नै युट्युव च्यानलमार्फत शुक्रवार सार्वजनिक गरिएको हो । गीत संगीत, म्युजिक भिडियोले मनोरञ्जनका साथै समुदायलाई सन्देश दिन सकिन्छ भन्ने राम्रो उदाहरण बनेको छ जितु लोप्चनको ‘डम्फुरे दाई’। उक्त गीतको भिडियोले माया प्रेमका कुरालाई कलात्मक ढंगले मनोरञ्जनको साथै डम्फु र टुङ्नासंग जोडिएको देखिन्छ । अझ म्युजिक भिडियोको अग्र भागमा जोडिएको छोटो संवाद र दृश्यले डम्फु के हो, यस्ले कस्ता खालका गीतहरु गाउंछन् भन्ने बिषयलाई प्रस्ट्याएको छ । तामाङ समुदायका कत्तिपयले डम्फु भन्ने बित्तिकै संस्कार, संस्कृति अथवा तामाङ ह्रिमठिमसंग सम्बन्धित गीतहरु मात्र गाउंछन् भन्ने भ्रम रहेको छ यद्यपि डम्फुको तालमा ख्यालठट्टा र माया प्रेमका गीतहरु पनि गाउन सकिन्छ भन्ने सन्देश समेत यो भिडियोले दिन खोजेको छ ।
तामाङ गीतसंगीतको बजारमा निक्कै नै हिट गीतहरु गाउन सफल गायीका जितु लोप्चन समुदायमा अत्याधिक मात्रामा रुचाइएका गायीका हुन् । शुक्रवार सार्वजनिक गरिएको ‘‘डम्फुरे दाई’को निर्माता समेत रहेको लोप्चनले उक्त गीत आफैले गाएका हुन् । ‘डम्फुरे दाई’संग जोडिएर माया प्रेमका भाषाले ओतपोत भएका शब्द रचना गरेका हुन् चर्चित गायक तथा संगीतकार बिशाल काल्तानले । यस गीतमा काल्तान आफ्नै संगीत रहेको छ । गीतको एरेन्ज फनिन्द्र राईले गरेका हुन् भने मिक्सिङ दिपेश प्रधानले गरेका हुन् ।
भिडियो तर्फ हेरुका लामाको निर्देशन तथा कोरियोग्राफिमा निर्देशकद्धय हेरुका लामा, नायीका सुश्मा मोक्तान, कुईसाङ रुम्बा र अनिता नेगिको समेत अभिनय रहेको छ । भिडियोको छायांकन त्रिलोक लामाले गरेका हुन् भने सम्पादन तथा रंग संयोजन सुर्य लामाले गरेका हुन् ।





प्रतिक्रिया दिनुहोस