रेशम चौधरी जेल मुक्त भएको अवसरमा युवा नेता आईतराम तामाङ्गले दिए बधाई
347 Views
कास्की, २० जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिएको अवसरमा हाल पोर्तुगलमा रहेर व्यवसाय गर्दै आउनु भएका युवा नेता आईतराम तामाङ्ग अब छिट्टै रेशम चौधरीलाई भेट्घाट एवंम बधाई दिन नेपाल आउने बताउनु भएको छ ।
मङ्सिर ४ गतेको निर्वाचनमा स्वतन्त्र उम्मेदवार दिनुभएका यवा नेता आईतराम तामाङ्गले पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिएको अवसरमा बधाई एवंम शुभकामना संदेश दिनुभएको छ ।
पूर्वसांसद रेशम चौधरी १५ गते गणतन्त्रका दिन कलागारबाट रिहा भएको हो । चौधरी रिहा भएपछि कत्तिले उनको आलोचना गरेका छन् भने एक पट्टिका आम नागरिकहरुले विजय र्याली जस्तै गरि फुलमाला पहिराएर भव्य स्वागत गरिएको थियो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिइसक्नु भएको छ भने चौधरी गणतन्त्र दिवसको दिन जेल मुक्त भइसकेका छन् । टीकापुर घटनाका मुख्य योजनाकारका रुपमा चौधरीविरुद्ध जिल्ला र उच्चले गरेको जन्मकैदको फैसलालाई सर्वाेच्च अदालतले पनि सदर गरेको थियो । तर, जेलभित्रै रहेर राजनीतिक दल खोलेका चौधरीको पार्टीले गत निर्वाचनमा चार सीट जितेपछि उक्त दल अहिले सरकारमा रहेको छ । चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ अहिले भूमि व्यवस्था मन्त्री हुनुहुन्छ ।
पुर्व सांसद रेशम चौधरी रिहा भएकोमा आफु धेरै खुसि भएको भन्दै युवा नेता आईतराम तामाङ्ग अबको केहि दिनमा नै नेपाल फर्किए संगै चौधरीलाई बधाई दिनकै लागि चौधरीसँग भेटघाट कार्यक्रम गर्नका निम्ति चौधरीको घर जिल्लामा पुग्ने बताउनु भएको छ ।





प्रतिक्रिया दिनुहोस