भुटानी शरणार्थी प्रकरण प्रति कांग्रेस नेताहरूको ऐक्यबद्धता
127 Views
नेपाली कांग्रेसका नेताहरुले उपप्रधान तथा गृहमन्त्रीसंग भेटेर नेपाली कांग्रेसका नेताहरु भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानप्रति ऐक्यवद्धता जनाएका छन् ।
छानबिनलाई निष्कर्षमा पुर्याउन र दोषी जो कोही भए पनि नछाड्न खबरदारी गरेका छन् । पक्राउ पुर्जी जारी भएका पूर्वमन्त्री टोपबहादुर रायमाझीले भने आँफु बिरामी भएको पत्र पठाएको छ । प्रहरीले बुधबार मात्र पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेको छ ।
केन्द्रीय सदस्य आचार्य भन्छन्! “अहिलेसम्म जुन सत्प्रयास भएको छ, त्यसप्रति ऐक्यवतावद्धता रहेको छ । बीचमा नतुहियोस् भनेर खबरदारी समेत गरेका छौं ।’
जवाफमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोहीप्रति आग्रह पूर्वाग्रह नराख्ने र प्रमाणले दोषी देखिएका जो कोहीलाई पनि नछाड्ने बताएका छन् । आफूलाई प्रधानमन्त्रीको पनि पूर्ण साथ रहेको र नेताहरुको ऐक्यवद्धताले थप बल दिएको समेत उनले बताएका भनेका छन् ।
त्यही दिन कांग्रेस नेताहरु डा.गोबिन्दराज पोखरेल, गुरु घिमिरे, मधु आचार्य लगायतका नेताहरुले गृह मन्त्रालय पुगेर सरकारले चालेको कदमप्रति ऐक्यवद्धता जनाएको हो ।
प्रतिक्रिया दिनुहोस