अन्तरार्ष्ट्रिय तामाङ परिषद्को सम्मेलन बैंककमै हुदैँ
354 Views
काठमाडौं, २५ वैशाख ।अन्तर्राष्ट्रिय तामाङ परिषद्(आइटिसी) पाँचौं सम्मेलनको तयारी तीव्रस्तरमा तयारी हुदैछ । “जम्बुलिङ खोर्ला जोम्ना ङ्हा, तामाङ रिमठिम तेन्बा ङा” मुल नाराका साथ सम्मेलन जुन ३ र ४ (जेठ २०/२१) मा थाइल्यान्डको बैंककमा हुँदैछ। सम्मेलनको तयारी र यसको औचित्यबारे परिषद्का वरिष्ठ उपाध्यक्ष टाशी लामा तामाङ काे भनाई अनुसार
“पछिल्लोचरणमा विभिन्न देशको सदस्य संस्थाहरुको नवीकरण तथा नयाँ संस्थाहरुको आवेदन लिने र प्रमाणीकरण गर्ने काम अन्तिम चरणमा पुगेको छ।
विधान प्रतिवेदन, विश्वव्यापी कार्ययोजना र समसमायिक विषयसम्बन्धी मस्यौदापत्र तयार गर्ने काम सम्बन्धित समितिहरुले अन्तिम चरणमा पुर्याइसकेका छन्। अहिले सहभागी हुने प्रतिनिधिहरुको दर्ता चलिरहेको छ” उनले भने!





प्रतिक्रिया दिनुहोस