सिरहा धनगढीमाईमा अधिकृत माथि कार्यकक्ष भित्रै अभद्र ब्यबहार
386 Views
शम्भु चौधरी सिरहा १५ वैशाख । सिरहाको धनगढीमाई नगरपालिकाका प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेलाई कार्यकक्षमा चुकुल लगायर अपमान गरिएको छ ।
धनगढीमाई नगरपालिकाको अधिकार क्षेत्र भित्र अनुमति लिएर संचालित खानी अस्थायी रूपमा बन्द गरिएको विषयलाई लिएर आज दिउसो करिब १२।४५ बजेको समयमा धनगढीमा ई नगरपालिकाको प्रशासनिक भवनमा कमला माई सप्लायर्सका सञ्चालक बेचन शर्माको नेतृत्वमा आएका केही व्यक्तिहरूको समुहले अधिकृत बगालेको कार्यकक्षमा एका एक प्रवेश गरी भित्रबाट चुकुल लगाएर अभद्र भाषा र ब्यबहार गरी पानीको बोतलले प्रहार गर्ने प्रयास गर्दै किन खानी बन्द गरेको हो रु खानी बन्द गर्ने अधिकार तलाई कसले दियो रु ,भन्दै प्रशासकीय अधिकृतलाई असभ्य ब्यबहार गर्दै गाली गलौज गरी हातपातको प्रयास गर्दै गर्दा कार्यकक्षमा भएका नगर प्रहरी र सेवाग्राहीको सहयोगमा बल प्रयोग गरी मुस्किलले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षबाट बाहिर निकालेका थिए ।
घटना लगतै नेपाल प्रहरी र शस्त्र प्रहरीको टोली धनगढीमाईको प्रशासनिक कार्यालय पुगी सुरक्षा दिएका थिए ।





प्रतिक्रिया दिनुहोस