पाँच दिने अनुसन्धान तालिम सुरु
859 Views
भक्तपुर, १० वैशाख । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ विभागले ‘द प्रिन्सिपल्स एण्ड टुल्स टु डिजाइन एण्ड कन्डक्ट एम्पिरिकल रिसर्च इन एसटीईएम’ शीर्षकको पाँचदिने अनुसन्धान तालिम आइतबारदेखि सुरु गरेको छ ।
प्रशिक्षण कार्यक्रमको उद्देश्य सहभागीहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (एसटीइएम) को क्षेत्रहरूमा अनुभवजन्य अनुसन्धान विकास र सञ्चालन गर्न आवश्यक सीप र ज्ञान प्रदान गर्नु रहेको जनाइएको छ ।
तालिम वैशाख १० देखि १४ गते विहीबारसम्म हुने जनाइएको छ । तालिममा सहभागीहरू व्यक्तिगत रूपमा कार्यक्रमस्थलमै सहभागी भई वा अनलाइनमा उपस्थित भई गर्न सकिने हाइव्रिड माडेमा हुने विकल्प राखिएको छ । कार्यक्रम हरेक दिन बिहान साढे सात बजेदेखि साढे दुई बजेसम्म चल्ने जनाइएको छ ।
तालिममा अनुभवजन्य अनुसन्धानसँग जोडिएका विभिन्न विषयहरू समावेश छन्, जस्तै अध्ययन डिजाइन, डेटा सङ्कलन र प्रशोधन, र अनुसन्धान परिणामहरूको व्याख्या ।
कलेजको कम्प्युटर विज्ञान र इन्जिनियरिङका विभागीय प्रमुख एसोसिएट प्रोफेसर सुन्दर कुँवरका अनुसार प्रशिक्षण कार्यक्रम एसटीईएम क्षेत्रका विद्यार्थी, अनुसन्धानकर्ता र पेशेवरहरूलगायत इच्छुक सबैका लागि अनलाइन उपलब्ध छ । कार्यशालामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाका उच्च दक्ष र अनुभवी शिक्षाविद्हरूको समूहद्वारा मार्गदर्शन गरिने उनले जनाए ।
यसले सहभागीहरूलाई आफ्नो ज्ञान र अनुभव एकापसमा सातासात गर्ने विश्वास उनले लिए ।
कार्यक्रमको समापनमा प्रत्येक सहभागीले प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रशिक्षण सत्रमा प्राप्त सीप र जानकारीको प्रमाणको रूपमा व्यक्तिगत र अनलाइन सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
उदघाटन कार्यक्रममा नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरका प्रिन्सिपल प्रा. डा. हरिकृष्ण श्रेष्ठले तालिम आयोजना गर्न पाउँंदा खुशी व्यक्त गरे ।
उनले टिप्पणी गरेः “हामी यो तालिम कार्यक्रम आयोजना गर्न पाउँदा खुसी छौं, जसले सहभागीहरूलाई एसटीईएममा अनुभवजन्य अनुसन्धान डिजाइन र सञ्चालन गर्न आवश्यक सीप र ज्ञान प्रदान गर्ने छ ।
कार्यक्रमले एसटीइएम अनुसन्धानको विकास र विकासमा योगदान पुयाउने विश्वास उनले लिए । हामी नेपाल र बाहिरका सहभागीहरूलाई तालिममा स्वागत गर्न पाउँदा उत्साहित छौ, उनले थपे।
नेपाल इन्जिनियरिङ कलेज आफ्ना विद्यार्थी र सहभागीहरूलाई उच्च गुणस्तरको शिक्षा र तालिम प्रदान गर्न समर्पित रहेका उनको भनाई थियो ।
तालिमले शैक्षिक र अनुसन्धान कार्यक्रमहरूको लागि ठोस सहयाेग हुने विश्वास उनको छ । विश्वविद्यालय अनुदान आयाेगकाे आर्थिक सहयाेगमा संचालित ६ दिने अनुसन्धान प्रशिक्षण कार्यक्रमको साथ, विभागले स्टीम शिक्षण र अनुसन्धानमा आफ्नो प्रतिबद्धता बढाउने आशा गरिएको छ ।





प्रतिक्रिया दिनुहोस