प्रकाश सपुतको नयाँ गीत “सकम्बरि” विवादमा,
567 Views
काठमाडौं, ४ वैशाख । गायक प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ विवादित बनेको छ ।
युट्युबमा रिलिज भएको चार दिनसम्म उक्त गीत ‘ट्रेन्डिङ वान’ मै छ भने गीतका अंशमा धेरैले टिकटक बनाएका छन्।
भाइरल भइरहेको गीतका शब्दहरू स्त्रीद्वाेषी भएको भन्दै आलोचना सुरू भएको हो। सामाजिक सञ्जालमा गीतले महिलालाई होच्याएको र उनीहरूको क्षमतामाथि प्रश्न गरिएको भन्दै आलोचना भएको छ।
गीतमा सकम्बरी नामकी पात्र छन्। जसको नाम गाउँमा हुँदा फूलमाया हुन्छ। सपुतले सकम्बरी पात्र पारिजातको चर्चित उपन्यास ‘शिरिषको फूल’ बाट लिएको देखिन्छ। पारिजातकी पात्र सकम्बरीलाई सपुतले गरेको चित्रण पनि सुहाउँदो नरहेको भन्दै आलोचना भएको छ।
यसअघि सपुतको ‘पीर’ शीर्षकको गीतको भिडिओको दृश्य विवादमा परेको थियो। उक्त गीतको भिडिओमा सपुतले माओवादीकी पूर्वछापामार महिलाले देह व्यापार गरेर जीविकोपार्जन गरिरहेको देखाएका थिए। व्यापक विरोध भएपछि उनले उक्त दृश्य हटाएका थिए।
यतिबेला उनी केही समयअघि अमेरिका गएकाे जानकारी दिएका छन् ।





प्रतिक्रिया दिनुहोस