माछापुच्छ्रे गाउँपालिकामा ने.ता.घे काे प्रथम भेला
666 Views
कास्की,२६ चैत ।गण्डकी प्रदेश कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकामा नेपाल तामाङ घेदुङकाे प्रथम भेला सम्पन्न भएको छ ।

माछापुछ्रे गाउँपालिका मा रहेका तामाङ गाउहरु भुर्जुङखोला ,कसेरी ,खैम्राङ ,घलेखर्क ,कपुचे ,सिदिङ तखोर ,सैतिघत्ता सबैको प्रतिनिधित्व रहने गरी अध्यक्ष धन बहादुर पाख्रिन ( भुर्जुङ खोला )
उपाध्यछ सुक बहादुर स्याङ्बो (तखोर )
महिला उपाध्यछ सर्मिला स्याङ्बो ( भुर्जुङखोला )
सचिब अमृत स्याङ्बो ( सिदिङ )
सह सचिब बुद्धी बहादुर स्याङ्बो ( सिदिङ )
कोसाध्यक्ष नर बहादुर तामाङ ( खैम्राङ् )
सद्स्यहरु डिल बहादुर तामाङ ( कसेरी )
बसन्ती तामाङ ( कपुचे )
रजनि स्याङ्बो ( तखोर )
नानी माया तामाङ ( खैम्राङ् )
दिल बहादुर तामाङ ( कपुचे )
सहित ११ सदस्य सहित नयाँ कार्यसमिती गठन भएको हाे।

उक्त कार्यक्रम कास्की जिल्ला इन्चार्ज सुन्दर थोकर प्रमुख अतिथी र सभाअध्यक्ष भक्त तामाङ कास्की जिल्ला अध्यक्ष र कार्यक्रम संचालक कास्की जिल्ला सचिव मिन माया तामाङले गरेकि थिईन!

कार्यक्रममा सर्मिला तामाङ, महानगर सचिव अन्जना तामाङ,महिला घेदुङ अध्यक्ष पवित्र तामाङले आफ्नो समुहको हित को लागि सधैं राम्रो काम गर्नु पर्ने भन्दै शुभकामना दिएकी थिईन् भने समाज सेवि तथा गुम्बाका अध्यक्ष मान बहादुर तामाङ ले आज भन्दा करिब ५० बर्ष अगाडि तामाङ समाज सेवा सुधार समितीको तदर्थ समितीका प्रथम अध्यक्ष कटक बहादुर तामाङ हुँदै दिर्जमान लामाले सम्हालेको र घेदुङमा युवा तथा महिलाहरु सकृय भएको देख्दा खुशी प्रकट गरे ।





प्रतिक्रिया दिनुहोस