‘मुतिङला लानी’ र ‘एला मायासे’ बोलको म्युजिक भिडियो सार्वजनिक
543 Views
काठमाडौं, २५ चैत । तामाङ प्रेम गीतमा आधारित दुई म्युजिक भिडियो ‘मुतिङला लानी’ र ‘एला मायासे’ सार्वजनिक भएको छ ।
नेपाल चलचित्र बोर्डको हलमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको ‘मुतिङला लानी’ बोलको गीतमा गायक तथा संगीतकार कर्साङ लामा र गायिका जितु लोप्चनको स्वर रहेका छन् भने रोशन तामाङ,रोजिना तामाङ,डोमो ह्योल्मो, सिता तामाङ लगायतका कलाकारहरुको अभिनय रहेका छन् । उक्त गितमा शब्द संगीत अर्जुन पुर्वेलीको हो ।
त्यसैगरी ‘एला मायासे’ बोलको गीतमा पनि ‘मुतिङला लानी’ का गायक/गायिका र कलाकारहरुको अभिनय रहेको छ भने दुइटै म्युजिक भिडियोको निर्देशन विरेन तितुङले गरेका छन् भने शब्द संगीत अमृत लामाको रहेको छ ।
कार्यक्रमको अध्यक्षता पारिजात नेपालका अध्यक्ष कर्साङ लामाले गरेका थिए भने प्रमुख अतिथिको रुपमा पुर्वमन्त्रि एवम् प्रतिनिधि सभाका सदस्य सुर्यमान दोङ लालध्वज, विशेष अतिथिमा तामाङ चलचित्र संघ बागमती प्रदेशका अध्यक्ष असमान तामाङ लगायत विशिष्ट व्यक्तित्वहरुको बाग्लो उपस्थिति रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि दोङले आजको गणतान्त्रिक व्यवस्थामा पनि हाम्रो भाषा,धर्म र कला संस्कृतिलाई राज्यले हेर्ने दृष्टिकोण परिवर्तन नआएकाले सिंगो समुदाय विचारको आधारमा विभाजित नभइ मुद्दाको सवालमा एकताबद्ध हुनुपर्ने धारणा राखेका थिए ।
उनले भने, “तामाङ समुदायलाई अन्याय भएको हो कि अन्यायमा बसेको हो ! हामीले विद्रोह गर्न जानेनौं वा विद्रोह गर्न चाहेनौं ! यस विषयमा गहिरो ढंगले मनन गर्न सक्यो भने हाम्रो आन्दोलन नयाँ ढंगले उठ्ने निश्चित छ तर तामाङ समुदायले हाम्रो एजेन्डा बोक्ने र बोल्ने मान्छेहरु चिन्न सकेन भने अझै कयौं वर्ष यही परिस्थितिमा बस्नुपर्ने बाध्य हुनेछौं ।”
उक्त म्युजिक विमोचन कार्यक्रमको अन्तिममा तामाङ चलचित्र ‘तिङला पुचु’ प्रदर्शन गरेका थिए भने तामाङ कला क्षेत्रमा योगदान गरेका कलाकार , पत्रकार तथा सामाजिक अभियान्तहरुलाई सम्मानपत्र समेत प्रदान गरेका थिए ।





प्रतिक्रिया दिनुहोस