मध्यपहाडी लोकमार्गअन्तर्गत याम्दी हरिचोक सडकखण्ड अबदेखि बन्द नहुने
630 Views
पोखरा, २३ चैत । निर्माणधीन मध्यपहाडी लोकमार्गअन्तर्गत याम्दी हरिचोक सडकखण्ड अबदेखि बन्द नहुने भएको छ ।
२ महिनादेखि सो सडकखण्डमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म गाडी आवातजावत बन्द गरी निर्माण हुँदै आएकोमा अब सधैँ खुला रहने आयोजनाका इन्जिनियर ठाकुर भण्डारीले जानकारी दिए ।
उनका अनुसार जौवारीमा पहरा काट्न बाटो बन्द गरिँदै आएको थियो ।
लामाचौर–याम्दी तथा दीप हाउजिङ हुँदै याम्दी जोड्ने वैकल्पिक सडकसमेत असहज थियो । जसकारण चालक साथै यात्रुले सास्ती व्यहोदै आएका थिए ।
पहरामा खण्ड (स्टेप) निर्माण गरी कार्य गर्न सम्भव भएको र उक्त खण्डसम्म टिप्पर लैजान सक्ने अवस्था भएकाले पहरा काट्न वा सामग्री पन्छाउनकै लागि बाटो बन्द गरिरहनु नपर्ने भएको भण्डारीले बताए । तालिका अनुसार बाटो बन्द नभए पनि कहिलेकाहीँ भने केही समयका लागि मात्र बन्द हुने सक्ने उनको भनाइ छ ।
उक्त सडक खण्डअन्तर्गत जौवारीमा पहरा काट्ने, याम्दीतर्फ बाल उठाउने साथै सिम्पानी हरिचोक खण्डमा सडक चक्ल्याउने र नाला निर्माण गर्ने लगायत कार्य भइरहेको छ ।
सडक खुला भएसँगै हेमजामा हुन लागेको ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव संचालनमा सहजता थपिने विश्वास आयोजकको छ । महोत्सव २६ चैतदेखि ३ वैशाखसम्म हुनेछ ।





प्रतिक्रिया दिनुहोस