तामाङ् राजाले छोर्तेनलाई जीर्णोवद्वार गरि “तेमाल जात्रा” सुरु (फोटो फिचर)
749 Views
काठमाडौँ, २२ चैत । सदियौँ देखी चैत पुर्णिमाको अवसर पारेर बौद्ध स्तुप्पा र स्वायम्भुको पाउमा तामाङ समुदायको सहभागीतामा चैतपुर्णिामा अर्थात (तेमाल जात्रा) मा बृहत भेला भएको छ ।

तेमाल जात्रा तामाङ् समुदायको धार्मिक एवं साँस्कृतिक पहिचानको रुपमा रहेको जिवन्त पर्व हो । “चैत पुर्णिमाका अघिल्लो दिन मृतकका नाममा बौद्ध ङ्गोवा, मोलम गर्ने र बालाजु बाईस धाराम स्नान गरि स्वयम्वु महाचैतेमा पुगेर पुजापाठ गरिन्छ ।

उक्त जात्राको पूजामा विशेष गरि तामाङ् समुदायले दिवंगतको नाममा जहाँ मृत आत्माको चिरशान्तिको कामना गरि मृतकको आफन्त जनहरुले नाङसल छ्युमी बत्ती बालेर लामा गुरु बाट पुजापाठ गर्दै मृतकजनहरुको सम्झनामा आत्मा शन्तिको कामना गर्दछ । यस मेला वा जात्रालाई चैत ग्याह भन्ने गरिन्छ । नेपाल सरकारले तेमाल जात्रालाई रास्ट्रिय पर्वको मान्यता प्रदान गरिसकेका छन् ।
सोहि जात्रा मेलामा काठमाडौं वरीपरीको जिल्ला काठमाडौं ,भक्तपुर ,ललितपुर,काभ्रे ,सिन्धुपाल्चोक ,सिन्धुली, रामेछाप ,नुवाकोट ,धादिङ ,मकवानपुरको तामाङ समुदायको युव-युवती अर्थात (ब्योनछमे) मायाप्रेमको ठट्यौलीको तामाङ भाषा तामाङ् मौलिक(फापरे) दोहोरी गित गाएर तामाङ युवा युवातीहरु रमाइलो समेत गर्ने गरिन्छ ।

बौद्ध स्तुपले धार्मिक, सांस्कृतिक एवम ऎतिहासिक महत्व र विशेषता बोकेको छ, भने यसलाई सन् १९७९ मा युनेस्कोले विश्व सम्पदा सुचिकृत गरेको थियो ।



तेमालका तामाङ राजा ह्रेन्क्षेन दोर्जेबाट बौद्ध स्तुपाको जीर्णोवद्वार गरेकोभन्ने दोङ्हरुको फारापमा उल्लेख भएको पाइन्छ। जीर्णोद्वार सकेपछि राजाले तेमालका सम्पूर्ण आफ्नो जनतालाई भेलाजम्मा गरि आजकै दिन्मा बौद्ध स्तुपा परिसरको ह्राप्नेगरी बौद्धमा तेमाल जात्रासुरु भएको भन्ने बिश्वास रहेको छ । त्यस समयमा तेमाल भेक्का तामाङहरुले मौलिक तामाङ गीतगाएर रातबिताए पछि यो जात्राको नाम “तेमाल जात्रा” रहन गएको हो ।

त्यसैले उक्त जात्रा मेलामा काठमाडौं वरीपरीको जिल्ला काठमाडौं ,भक्तपुर ,ललितपुर,काभ्रे ,सिन्धुपाल्चोक ,सिन्धुली, रामेछाप ,नुवाकोट ,धादिङ ,मकवानपुरको तामाङ समुदायको युव-युवती अर्थात (ब्योनछमे ) मायाप्रेमको ठट्यौलीको तामाङ भाषा तामाङ् मौलिक(फापरे) दोहोरी गित गाएर तामाङ युवा युवातीहरु रमाइलो समेत गर्ने गरिन्छ ।

यो मेला बौद्धमा लागेता पनि उक्त मेला “तेमाल जात्रा”को नामले प्रख्यात रहेको छ । किन भने र्हेञ्जेन दोर्जे राजा भएको बखतमा आजैको दिनमा छोर्तेनलाई जीर्णोवद्वार (रापने)गर्दाको दिनमा राजाले तेमाल भेगका सम्पुर्णा तामाङहरुलाई बोलाएर आजकै दिनदेखि बौद्धमा तेमाल जात्रा सुरु भएको किम्मदन्ति छ ।

त्यसैले गर्दा यो मेला बौद्धमा लागेता पनि “तेमाल जात्रा”को नामले प्रख्यात भएको उल्लेख गरिएको छ । पहिलो दिन आज देखि सुरु भएको तेमाल जात्रा भोली बालाजुमा स्नानगरी नागरजुनमा गएर मञ्जुश्रीको दर्शनगरि स्वयम्भू स्तुपामा कोरागरि तेमाल जात्रा समापन गर्ने प्रचलन छ ।








प्रतिक्रिया दिनुहोस