पाेखरा १७ विराैटामा एक पुरुषले गरे आत्मदाह
466 Views
कास्की, २१ चैत। पोखरा महानगरपालिका वडा नम्बर १७ विरौटास्थित मेलमिलाप टोलमा आज दिउसो ४५ वर्षीय एक व्यक्तिले आफ्नै घरमा आत्मदाह गरेका छन्।
मेलमिलाप टाेलका स्थानीय बासिन्दा ४५ वर्षीय इन्द्रप्रसाद अर्यालले आफ्नै घरको दोश्रो तल्लास्थित कोठामा आत्मदाह गरेका हुन् ।
मङ्गलबार दिउसो साढे ३ बजेकाे समयमा उनको घरकोठामा प्रहरी पुग्दा कोठा भित्रबाट चुकुल लगाइएको र शरीर जलेको अवस्थामा शव भेटिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेद जोशीले जानकारी दिएका छन्।
“तीनतले घरको दोस्रो फ्ल्याटमा उनले आफ्नै शरीरमा आ*गो लगाएर आत्मदाह गरेको हाे। डिएसपी जोसीले भने! “घरमा कोही हुनुहुँदो रहेनछ । श्रीमति जागिर र छोरी घरबाहिर रहेको अवस्थामा घटना भएको देखिन्छ ।” अर्यालको कोठामा ग्यालीन भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ ।





प्रतिक्रिया दिनुहोस