अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल निर्वाचित
338 Views
कास्की,७ चैत। अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा ढाका मोहन (गणेश) बराल निर्वाचित हुनुभएको छन् ।
संघको हिजाे पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनले बराललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा सन्तोष बस्याल, सचिवमा प्रल्हादचन्द्र घिमिरे, कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) चयन हुनुभएको छ ।
संघको सदस्यहरुमा निरज बसौला, ऋषिराम दाहाल, सञ्जय आचार्य, सुरेशराज अधिकारी, सरिता गुरुङ, प्रविण मगर, दीपकराज गिरी, शेखर कोइराला, शिव न्यौपाने, रोहित बास्तोला रहेका छन् ।
संघको तेस्रो सधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री खगराज अधिकारीले अनलाइन मिडियालाई व्यवस्थित बनाउन संघले अनलाइन सम्बन्धि साक्षरता कार्यक्रमको आयोजना गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले पछिल्लो समय अनलाइनको संख्या बढ्दै जाँदा गुणस्तरियतामा ख्याल नगरिएको भन्दै कतिपय अनलाइनमा आएका समाचारले समाजमा नकरात्मक प्रभाव पारेको अभिव्यक्ति उहाँको थियो ।
अनलाइन मिडियाहरुलाई पनि नियमन गर्नुपर्ने आवश्यकतालाई उहाँले औंल्याउनु भएको थियो ।
पत्रकार हित बमोजिम नै आमसंचार विधेयक ल्याउन गण्डकी सरकार प्रतिबद्ध रहेको अभिव्यक्ति दिदै उहाँले पछिल्लो समय सत्ताका लागि मात्र राजनीति गर्दा नागरिक समस्यामा परेको उल्लेख गर्नुभयो ।
‘सत्ताका लागि मात्र राजनीति केन्द्रित हुन थाल्यो । मेरा लागि सत्ता प्रमुख होइन । जनताका आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने तवरले हामी अगाडि बढ्न सके नै देशकोे विकास हुन्छ ।’, उहाँले भन्नुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनीले पत्रकार क्षेत्रको उन्नयनका लागि केही गर्न सके नै लोकतन्त्रको अनुभुति हुने बताउनुभयो । पत्रकारका मुद्धाहरुलाई सरकारले सुनवाई गर्नुपर्ने उहाँको धारणा थियो ।
पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले प्रदेश सरकारले ल्याउन लागेको आमसंचार विधेयक पत्रकारमैत्री हुनुपर्ने धारणा राख्नुभयो । उहाँले आमसंचार विधेयकका विषयमा सरकारले अपेक्षा अनुरुप काम नगरेको बताउदै आमसंचार विधेयक वाक स्वतन्त्रता सँग सम्बन्धित हुनुपर्नेमा जोड दिनुभयो ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले अनलाइन मिडियामा आएका समस्यालाई समाधान गर्न संघ लाग्नुपर्ने बताउनुभयो । अनलाइनलाई व्यवस्थित गर्दै आमसंचार मिडियालाई प्रभावकारी बनाउन आजको आवश्यकता रहेको भनाई उहाँको थियो ।
पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठले अनलाइन कान्छो विधा भएर पनि सबै भन्दा प्रभावकारी भएको उल्लेख गर्नुभयो । अनलाइनको कन्टेन्टमा प्रश्न चिन्ह उठीरहेका बेला संघले अनलाइन मिडियालाई नियमन गरी दक्ष जनशक्ति उत्पादन गर्न तर्फ जोड दिन उहाँको आग्रह थियो ।
नेपाल प्रेस युनियन गण्डकी प्रदेशका महासचिव प्रकाश ढकालले अनलाइनबाट अपेक्षा धेरै गरिएता पनि अनलाइनलाई नै संरक्षण गर्न सरकार मुकदर्शक बनेको बताउनुभयो । अन्य पत्रकारसँग सम्बद्ध संस्थाजस्तै अनलाइन मिडिया सँग सम्बद्ध संस्थालाई पनि सरकारको सहयोगको आवश्यकता रहेको भनाई उहाँको थियो ।
अनलाइन पत्रकार संघ गण्डकीका निवर्तमान अध्यक्ष कमल सुवेदीले गण्डकी सरकारले ल्याउन लागेको आमसंचार विधेयक अनलाइन मिडिया मैत्री हुनुपर्ने बताउदै उहाँले दर्ता देखि नविकरण सम्मको काम झन्झटिलो रहेको उल्लेख गर्नुभयो । उहाँले गण्डकी प्रदेशको राजधानी पोखरामा नै नविकरण गर्ने व्यवस्था मिलाउन नीति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
अनलाइन पत्रकार संघको अधिवेशन सफल पार्न सल्लाहकार केशव पाठकको संयोजनमा सदस्यहरु मधव बराल र सागरराज तिमिल्सिना गरी तीन सदस्यीय निर्वाचन कमिटी गठन गरिएको थियो ।





प्रतिक्रिया दिनुहोस