माेटरसाईकल दु*र्घट*ना हुदाँ टाउकोमा गहिराे चाेट लागेका २६ वर्षिय युवाकाे उपचार गर्न खर्चकाे अभाव
1546 Views
पाेखरा,६ चैत । पर्सा जिल्ला गिराभवानी गाउपालिका वाड नं १ मा जन्मेका २६ वर्षिय सुनिल चाैधरीकाे माेटरसाईकल दुर्घ*टना भई मनिपाल शिक्षण अस्पतालकाे आईसियुमा उपचार भईरहेकाे छ ।
उनी साथिहरुसगँ लभ्लिडाँडाँ घुम्न गएको बेला बाईक अचानक दुर्घ*टना हुदाँ उनकाे टाउकोमा गहिराे चाेट लागि बेहाेस अवस्थामा साथिहरुले मणिपाल अस्पताल पुर्याएकाे हाे ।
सुनिल चाैधरीकाे उपचारकाे क्रममा अहिले सम्म ५/६ लाख रुपैयाँ खर्च भईसकेकाे हुदा पुन उपचारकाे लागि खर्च जुटाउन परिवारजनकाे आर्थिक अभावका कारण बिरामीको उपचार गर्न कठिनाइ भएकोले बिरामी लगायत उनका परिवारले सहयाेगकाे अपिल गरेका छन् ।
उनले सादारण विद्दुत जडान गर्ने काम गर्दै आएका २६ वर्षिय युवा सुनिल चाैधरीकाे छाेरेपाटनमा अस्थायी बसाेबास रहेकाे छ ।





प्रतिक्रिया दिनुहोस